७ फागुन
कूश्मा, पर्वतको कुस्माबजारमा सञ्चालित नमुना आवासिय माबि प्रदेश नं ४ कै उत्कृष्ट बिद्यालय घोषित भई पूरस्कार प्राप्त गरेको छ ।
शिक्षा मन्त्रालयले गरेको मुल्याँकनमा ४ नम्बर प्रदेशका निजी बिद्यालयहरुमा नमुना आवासिय माबि उत्कृष्ट घोषित भएको हो । उत्कृष्ट घोषित भएको नमुना आवासिय माबिले १ लाख रुपैया पुरस्कार समेत प्राप्त गरेको छ ।

बिद्यालयले हिजो आईतवार पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा सबैभन्दा बढी अंकका साथ उत्कृष्ट घोषित भएको र राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको जानकारी दिएको हो ।‘शिक्षा मन्त्रालयको मुल्याँकनका आधारमा हामी प्रदेशमा उत्कृष्ट बिद्यालय हुन सफल भएका छौ’ प्रिन्सीपल इन्द्रमान खत्रीले भने ‘यसले बिद्यालयलाई अझै उत्कृष्ट बनाउने चुनौती थपिएको छ’ मन्त्रालयले गरेको मुल्याँकनमा नमुनाले ८६ दशमलब ९९ अंक ल्याएको छ । मन्त्रालयले तीन वटा शैक्षिक सत्रमा बिद्यालयमा बिद्यार्थी भर्नादर, उर्तिण दर र कक्षा ७ वाट बिद्यालय छाड्ने दर नरहेको तथा प्रबेशिका परिक्षामा कम्तीमा ४० बिद्यार्थी उर्तिण भएको लगायतका मापदण्डका आधारमा मुल्याँकन गर्दै आएको छ ।
नमुना आवासिय माबि २०४५ मा पर्वतको डिमुवाबजारमा स्थापना भएको थियो । बिद्यालयलाई शसस्त्र द्वन्द्वको समयमा बिस्थापित भएपछि वि.स. २०६० साल देखि सदरमुकाम कुस्मामा सारेर सञ्चालन गरिदै आएको छ । । यो बिद्यालयले २०५६ देखि प्रबेशिका परिक्षामा सामेल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बिद्यालयबाट अहिले सम्म ५ सय १३ जना बिद्यार्थी सामेल भएकोमा सबै बिशिष्ठ र प्रथम श्रेणीमा उत्तीर्ण भएका छन ।

बिद्यालयबाट उत्पादित जनशक्ति मध्ये ५ जनाले बिद्याबारिधी, १५ जना एमबिबीएस, ३४ जना इन्जिनियर र ११ जना चार्टडएकाउण्टेण्ट भएकाले बिद्यालयको शैक्षिक अवस्था समेत झल्कने ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘हामीले बिद्यालयमा घोकन्ते शिक्षा भन्दा ब्यबहारिक शिक्षामा जोड दिएका छौ’ उनले भने ‘कक्षा ११ र १२ मा ब्यबस्थापन पढ्ने बिद्यार्थीले पनि प्रयोगात्मक शिक्षा पाएका कारण प्रदेशमै उत्कृष्ट उच्च माबि पनि बनेका छौ’ बिद्यालयकै पहलमा नमुना ब्यबसायिक कृषि सहकारी समेत सञ्चालित छ । उद्यम गर्न चाहने विद्यार्थीहरुका लागी प्राटिकलरुपमा नै कृषि फर्मवारे जानकारी गराउने समेत गरिएको छ । हाल उक्त विद्यालयमा नर्सरी देखी १२ कक्षा सम्म ९६८ विद्याथी रहेको जानकारी दिईएको थियो ।
विद्यालयले अन्तराष्टियस्तरको पूरस्कारका लागी समेत तयारी गरेको उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

संस्थागत विद्यालयहरुलाई चर्को शूल्क लिएको तथा हरेक ईभेन्टमा पैसा विद्याथीहरुलाई जोड्ने गरेको भन्ने आरोप रहेको छ ।  संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तरमा भने उल्लेख्य सूधार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here