dav

जनप्रशासन क्याम्पस बल्खुमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले अवआगन्तुक विद्यार्थीलाई स्वागत तथा पुराना विद्यार्थीहरुलाई विदाई गरेको हो । कार्यक्रमलाई सम्वोधन गदै नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले श्रम र रोजगारीसँग युवालाई जोड्न सके विकासको लक्ष्य पुरा गर्न सकिने बताउनु भएको छ । उहाँले मुलुक संघीय संरचनामा गएसँगै अबको प्राथमिकता उपलब्ध स्रोत र साधनको परिचालन गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिँह महतले समायानुकुल शिक्षामा जोड दिनुभयो । उहाँले व्यवहारीक जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएको बताउँदै समायानुकुल शिक्षा नै प्राविधिक शिक्षा भएको बताउनु भयो । प्राविधिक शिक्षा विना विकास असम्भव रहेको भन्दै उहाँले त्यसका लागि गुणस्तरीक शिक्षा आजको आवश्यकता भएको दावी गर्नुभयो । नेता महतले समाज परिर्वतनका लागि विद्यार्थीको भूमिका उल्लेखनिय रहेको बताउँदै बताउँदै समायानुकुल शिक्षाका लागि नेपाल विद्यार्थी संघ सदैव लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रुपान्तरण हुने भएकाले प्राविधिक शिक्षा आजको आवयकता भएको बताउनु भयो । नेपाल विद्याथी संघले उठाउँदै आएको शैक्षिक बहस अत्यन्तैै सान्दर्भिक भएको बताउँदै शैक्षिक बहसमा विद्यार्थीहरु एकजुट हुनुपर्ने धारण राख्नुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका सभापति पंकज क्षेत्री केसीले विद्यार्थीहरुको हक हित र सिकाई प्रभावकारिताका लागि स्ववियु सदैव तत्पर रहेको बताउनु भयो । उहाँले क्याम्पसमा विद्यार्थीहरुलाई सहज तरिकाले अध्ययन गर्ने वातवरण तयार गर्न स्ववियुले भूमिका निर्वाह गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here