६ फागुन

काठमाडौँ: चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो आइतवार सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका ६० जना कोरसको बीचमा देखिएकी छन् ।

मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको निर्माण पक्षले बताएको छ ।

भिडियोलाई सुदीप बराले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका दृष्य समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here