अभिनेत्री श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ शुक्रबारबाट मुलुकका ७० भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । बिहीबार सञ्चारकर्मीलाई जानकारी गराउँदै अभिनेत्री श्वेताले आफ्नो सिनेमाको अग्रिम बुकिङ बिहीबारबाटै खुलेको र बुकिङ उत्साहजनक भएको बताइन् ।

आफ्ना पति एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको दुई वर्षपछि चलचित्र अभिनयमा फर्किएकी श्वेताले श्रीमान्को चाहनाअनुसार चलचित्र निर्माण र अभिनयमा फर्किएको बताइन् ।

६ फागुन

चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । सामाजिक कथावस्तुमा आधारित यो चलचित्रले नारी अधिकारबारे बोल्ने निर्देशक अधिकारीको भनाइ छ । मुस्ताङमा छायांकन गरिएको कान्छीमा नेपाली समाजमा महिलाहरूको अवस्था कस्तो छ भन्ने देखाइने पनि उनले बताए ।

कान्छीमा शम्भुजित बासकोटा, अर्जुन शर्मा, राजनराज शिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन रहेको पनि निर्देशक अधिकारीले जानकारी गराए ।

चलचित्र कान्छीको प्रदर्शनी पूर्वसन्ध्या परेर बिहीबार यो मन रमाउँदै…गीत सार्वजनिक गरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अञ्जु पन्त र युवराज चौलागाईंको स्वर रहेको यो गीतलाई दिवाकर भट्टराईले लेखेका हुन् । यो गीतमा दयाहाङ राई र श्वेता खड्काले अभिनय गरेका छन् ।

चलचित्रमा दयाहाङ र श्वेतासँगै अनु शाह, नीर शाह, रामेश्वर चौरसिया, जयनन्द लामा, आशान्त शर्मा, भूमिका श्रेष्ठसहितको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here