सचिन्द्र श्रेष्ठ ,दुबई,(१६ फेब्रुररि)

सत्य पथ ले स्वस्थ्य गन्तव्य को निर्माण गर्दछ,हाम्रो सानो सहयोगमा कसैको जीवन रुपान्तरण हुन सक्दछ। हाम्रो र हाम्रो जस्तो धेरै अल्पबिकसित देशहरु मा लाखौ बालबालिकाहरु बिद्यालय टाढा हुने र लामो दुरिका कारण कष्टकर यात्रा गर्नु पर्ने तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट नै बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति छन। यो भाब लाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्रा'(walk for education) नामक कार्यक्रम आज गरेको छ।

यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएई ले पनि बिगत का बषँहरूमा जस्तो ऐक्यबद्दता जनाउदै समन्वय गर्दै आएको छ त्यसै अनुरूप यो वर्ष पनि १६ फेब्रुअरी २०१८ (16 February 2018)शुक्रवार का दिन क्रिक पार्क(Creek park) मा नेपाली समुदाय यूएई ले र दुबई केयरले गर्ने उक्त परोपकारी कार्यक्रममा कुनै पार्टी जात जाती भन्दा नि विशुद्द नेपालीको राष्ट्रीय पहिचानका साथ सांस्कृतिक बाजा गाजा सहित सहभागिता जनाएको छ।

देशि तथा बिदेसी संघ सस्था ,कंपनीका करीब १५००० जना मानिसहरुको उल्लेखिय सहभागी रहेको उक्त कार्यक्रममा ३ किलो मिटर पैदल हिडेर कार्यक्रम गरिएको थियो, ‘सबै मिलीजुली गरि अल्पबिकसित देश हरुमा राहत बाड़ने काम बिगत देखी दुबई केयर ले गर्दै आरहेको नेपाली समुदाय यूएई का अध्यक्ष बिदुर राउतले बताउनु भयो।’ राउत ले भन्नु भयो – ‘हरेक नेपाली ले यस्ता कार्यक्रममा सहभागी हुनुले अरु देशको तुलनामा फरक देखिनुका साथै एक आपसमा भाईचारा ,बन्धुत्व,सदभाव रही रहने छ ।’ कार्यक्रम को अन्त्य मा सबै जना को परिचय गर्दै समापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here