४ फागुन

प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।
अधिकारी वाम गठबन्धनबाट सभामुख भएका हुन्। उनलाई माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव र एमाले प्रदेश कमिटी संयोजक किरण गुरुङले समर्थन गरेका थिए। अधिकारिलाई सभाध्यक्ष जनकलाल श्रेष्ठले संविधानको धारा १८२ र प्रदेशसभा सभा अन्तरिम कार्यसंचालन नियमावली २०७४ को दफा ६ उपदफा २ बमोजिम सभामुखमा नियुक्त गरे। यो संगै फागुन ६ गते हुने उपसभामुखको निर्वाचनमा सभामुख अधिकारीले अध्यक्षता गर्नेछन्।
को हुन अधिकारी ?
समाज र देशको गरिबी र बेथिति देखेर उनलाई यसलाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो र २०३८ सालदेखि राजनीतिक यात्रा शुरु गरे । नेपालको परिवर्तन कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव देखेर चरम पञ्चायती कालमा नै तत्कालीन नेकपा चौथो महाधिवेशनमा आवद्ध भएर उनले राजनीतिक यात्रा शुरु गरेका हुन् । गाउँकै स्थानीय माविमा शिक्षक भई काम गरेका अधिकारी राजनीतिक स्वभावका कारण तत्कालीन शासकको पजनीमा परे । शिक्षण पेशामा लाग्दा पनि समाज परिवर्तनका कुरा गर्ने अधिकारीलाई शिक्षक आन्दोलामा सहभागी भएको आरोप लगाउँदै अस्थायी शिक्षण पेशाबाटै २०४१ सालमा बर्खास्त गरिएको थियो । उनले सो विद्यालयमा १८ महिना निशुल्क समेत अध्यापन गरे ।
समाज परिवर्तनको आन्दोलनमा सहभागि हुने क्रममा उनले जेलयात्रा पनि भोगे । पञ्चायती शासकको यातनाले उनको समाज परिवर्तनको हुटहुटीलाई समन गर्न सकेन । ‘क्रान्तिकारीहरुको लागि जेल पाठशाला जस्तै हो ।’ भनेजस्तै उनलाई झन तेजिलो र तिख्खर राजनीतिकर्मी बनाएर जेलले बाहिर निकाल्यो ।
राजनीतिक यात्राकै क्रममा उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए । त्यसपछि २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी भई काम गरे । ५० को दशककको शुरुआत तिर उनी नेकपा एकताकेन्द्रको पर्वत, वागलुङ्, स्याङ्जा, ईन्चार्ज र सेक्रेटरी भई काम गरेका थिए । २०५२ सालमा नेपालमा जनयुद्ध शुरु हुँदा उनलाई अब देश परिवर्तन शसस्त्र क्रान्तिबाटमात्रै सम्भव छ भन्ने लाग्यो । उनी माओवादी जनयुद्धमा सहभागी भए ।
शसस्त्र क्रान्तिको समयमा उनलाई पार्टीले विभिन्न जिम्मेवारी दियो । २०५७ देखि ५९ सम्म उनले नेकपा माओवादीको कास्की जिल्ला सेक्रेटरीको जिम्मेवारी पुरा गरे । २०५९ देखि २०६० सम्म उनले पार्टीकै स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गरेका थिए । २०६१ देखि ६२ सम्म उनले पार्टीको मगरात राज्य कार्यालयमा सेक्रेटरी भई काम गरेका थिए भने, २०६५ देखि उनी आफ्नै गृहजिल्ला पर्वतको पार्टी ईन्चार्जको भुमिकामा रहेका छन् । अधिकारी हाल नेकपा माओवादी केन्द्र पर्वतको पार्टी ईन्चार्ज सहित पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका छन् ।
२०७० को दोस्रोे संविधानसभा निर्वाचनमा उनी पर्वतको क्षेत्र नम्बर एकबाट निर्वाचनमा सहभागि भए । तर नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित भएका थिए ।

नेकपा माओवादी केन्द्र चार नम्बर प्रदेश संसदीय दलका नेता हरि चुमानको प्रस्ताव र एमालेका प्रदेश साँसद किरण गुरुङको समर्थनमा उनी यस प्रदेश सभाको सभामुखमा निर्विरोध भएका हुन् ।
सादगी व्यक्तित्व । सरल र शान्त स्वभाव । साधारण बाहिरि व्यक्तित्व । झलक्क हेर्दा प्रदेश नम्बर चारको संसद सभासद नेत्रनाथ अधिकारीलाई पढिने यत्ति नै हो । तर पर्वतको पाङ् (हाल कुश्मा नगरपालिका १) मा जन्मिएका अधिकारीलाई बाहिरी रुपमा मात्रै पढियो भने अधुरो हुन्छ । यो प्रदेशको सभामुखसम्मको गन्तव्यमा पुग्दा उनले ठुलो राजीनितक त्याग र तपस्या गरेका छन् । पर्वतको पाङ् विद्धानको गाउँ हो भन्ने लोकोक्ति नेपालमै चर्चित छ ।
धौलागिरीको माटो सुँघेको कुनै पनि व्यक्तिले यस क्षेत्रमा चर्चित लोकोक्ति एकपटक पक्कै सुनेको छ ‘देउपुरको जस्तो खेती र पाती बाजुङ्को जस्तो गाम, उराठै लाग्ने दुर्लुङको डाँडो मोहनी लाग्न पाङ् ।’ यो कविताँशबाट नै पाङ् बिद्धतामा कति लोकप्रिय थियो र छ भन्ने कुराको पुष्टि गर्दछ । त्यै लोकप्रिय गाउँमा २०२२ साल जेठमा थगराज र देवकला अधिकारीको पुत्रको रुपमा जन्मिएका अधिकारीले नेपालको समाज परिवर्तनको आन्दोलनमा आफुलाई पुरै होमेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here