४ फागुन
काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राती १०.३० वजे बधाई दिएका छन् ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएर पदभार सम्हालेपछि भारतीय प्रधानमन्त्री मोदीले बिहीबार राति फोन गरेर ओलीलाई बधाई दिएका हुन् ।
मोदीले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीलाई नेपालको प्रधानमन्त्रीको पद सम्हालेको आफूले बधाई दिएको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीसँग टेलिफोन वार्ता गर्नुभएको छ’, अगाडि भनिएको छ, ‘नेपालको प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा उनलाई बधाई पनि दिनुभएको छ।