३ फागून
खुर्कोट पर्वत । पर्वत जिल्लामा कूश्मा नगरपालिका वडा नं. २ खुर्कोट एक समाहरोहका विच आज पूर्ण खोप सुनिश्चता भएको वडा घोषणा भएको छ । आज खुर्कोटवासीका विचमा कार्यक्रमका प्रमूख अतिथि कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले मैनवत्ति वालेर कार्यक्रमको उद्घाटन गरि पूर्ण खोप सुनिश्चतता वडाको घोषणा गर्नु भएको हो ।

उहांले प्रमूख अतिथिको मन्तव्य राख्दै संविधानमा व्यवस्था भएको नागरिकको स्वस्थ्य र सरसफाईको सूनिश्चतताको ग्यारेण्टी गर्नु मौलिक हकमा व्यवस्था भएकाले कूश्मा नगर सरकारले त्यसको लागू गर्नु कर्तव्य रहेको धारणा व्यक्त गर्नु भयो । स्थानिय सरकार संग जनताको धेरै अपेक्षा हून सक्छन तर नगरको श्रोत र साधनले भ्याए सम्म जनताका आवश्यकता पूरा गर्न नगर सधै तयार रहेको धारणा राख्नू भयो ।

आजका मिति देखी खुर्कोटमा कूनै पनि व्यक्ति तथा वालवच्चा खोप लगाउन वाट वन्चित नभएको र सवै नागरिक समयमा खोप लागाउन सचेत भएको घोषणा गर्न पाउदा म गर्भवान्वित भएको छु भन्दै खुर्कोट प्रजातान्त्रिक विचार धाराको उर्वरा भूमि भएका कारण पनि यस ठाउंमा कोहि पनि कूनै सेवा पाउन वाट वन्चित हुनुपर्ने अवस्था नआउने कूरामा सवै वडा वासीहरुलाई ढूक्क हुन आग्रह गर्नू भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि कूश्मा नगरपालिकाका उप प्रमूख सीता काप-ले लामिछानेले देशका लागी चाहिने स्वास्थ्य र दक्ष जनशक्ति भनेको वालवालिका  अवस्थामा विभिन्न खोप पूरा गरि दक्ष जनशक्ति तयार गर्नमा स्वास्थ्य कार्यक्रमले सहयोग गर्ने कूरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा कूश्मा नगरका प्रशासकिय अधिकृत सूवास लामिछाने,नेपाली कांग्रेस खुर्कोट ईकाईका सह संयोजक छत्रराज रेग्मी,ने क पा एमालेका जिल्ला कमिटी सदस्य शेषराज रेग्मी,माओवादी केन्द्रका प्रतिनिधि गोपी नेपाली,जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा वुद्धि वहादूर थापा,हिमालय उच्च मा.वि का प्राचार्य माधव रेग्मी,कालिका मा.वि का प्रधानध्यापक वावूराम पौडेल,जगदम्वा प्राविका प्रधानध्यापक राम प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ वास्तोलाको अध्यक्षता, स्वागत खुर्कोट हेल्थपोष्टका प्रमूख टेक नारायण शर्मा र कार्यक्रम संचालन कूश्मा नगरपलिकाका स्वास्थ्य सहायक यम शर्माले गर्नुभएको  थियो । कार्यक्रमममा खुर्कोट वासी जनताको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा खुर्कोट स्वास्थ्य चौकिका लागी चाहिने आवश्यक जग्गा स्थानिय हरि दत्त जैसी र कोपिला जैसीले दान गर्नुभएको छ । जग्गा दाताहरुलाई उक्त समाहरोहमा सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here