३ फागुन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा आज संवोधन गर्दैछन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई  वुझाईसकेको बुझिएको छ ।

स्रोतका अनुसार देउवाले संवोधन बिहिबार आज गर्ने तयारी भइरहेको छ ।

चौथो पटक प्रधानमन्त्री भएका देउवाले गत जेठमा चौथो कार्यकाल सुरु गरेका थिए ।

यसपटकको कार्यकाल भने देउवा र मुलुकका लागि अविश्मरणीय रह्यो ।

देउवा नेतृत्वको सरकारले नै पहिलो पटक सबै तीन तहको निर्वाचन एक वर्षभित्रै सम्पन्न गरेको छ ।

यो इतिहास विश्वकै पहिलो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here