१ फागुन
अर्थर पर्वत । कूश्मा नगरपालिका वडा नं १४ आर्थरको शवि मन्दिरको उद्घाटन भएको छ । शिव मन्दिरको उद्घाटन गर्दै कार्यक्रमका प्रमूख अतिथि कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले पंचासेको आधारभूमीमा अवस्थित आर्थरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने कूरा वताउनू भयो । यस आर्थरमा धेरै वर्ष पूरानो गूम्वा यहि अवस्थित रहेको तथा देवी देवताका थुप्रै मन्दिर रहेकाले धार्मिक पर्यटनको विकास गर्नका लागी वडा अध्यक्ष लगायत गाउंवासी सवैलाई आग्रह गर्नु भयो । नगरपालिकाको तर्फ देखी गर्नु पर्ने सहयोगका लागी तत्पर रहेको धारणा राख्दै यहांको वाटोघाटो निर्माण तथा होम स्टे प्रवर्धनका लागी समेत आग्रह गर्नुभयो ।

नेपालमा धेरै मानिसहरु हिन्दू धर्म मान्ने भएका कारण पनि आज शिवरात्रीको दिन सवै भक्तजनहरु शिव मन्दिरमा गई पुजा आजा गर्ने गरेका छन् । आज यस पवित्र दिनमा शिव मन्दिरको उद्घाटन गर्न पाउनूमा आर्थरवासी सवैलाई धन्यवाद ज्ञापन गर्दै धर्म संकृतीको संरक्षणमा नगरले कूनै कसर वांकी नराख्ने वताउनू भयो । कूश्मा नगरको सवै भन्दा टाढा रहेको वडा आर्थर हो यहा वाट छिटो र छरितो नगरको सदर मूकाम पूग्नका लागी मूख्य वाटाहरु कालोपत्रे गर्नुपर्नेमा जोड दिनूभयो । जस्ले गर्दा धार्मिक पर्यटनमा पनि ठूलो टेवा पु-याउदछ ।

उक्त शिव मन्दिर ९ लाख ३७ हजार ९ सय ११ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुन प्रसाद जोशीको पहलमा पर्यटन मन्त्रालय वाट रु ४ लाख विनियोजन गरेर मन्दिर निर्माणको सूरुआत भएको थियो । विभिन्न चन्दादाताहरुको नगद सहयोग तथा जिन्सी सहयोग वाट उक्त मन्दिर निर्माण कार्य सम्पन्न भएको हो । सवै भन्दा वढी नेपाली कांग्रेसका वडा समिति सभापती रुद्र मोहन रिमालले १ लाख ११ हजार १ सय ११ रुपैया चन्दा सहयोग गरेका छन् ।

कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भिम प्रसाद गूरुड, निर्माण समितिका लेखनाथ रिमाल,एक वहादूर गूरुड,ईन्द्र वहादूर गूरुड लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता मन्दिर निर्माण समितिका अध्यक्ष तुला प्रसाद शर्मा रिमालको अध्यक्षता, स्वागत सामाजिक परिचालक कल्पना शर्मा रिमालले र कार्यक्रम संचालन लेखनाथ रिमालले गरेका थिए ।

त्यसै गरि आजै कूश्मा नगरपालिका वडा ८ परादीमा नवनिर्मित गलेश्वर महादेव मन्दिरको शिला अनावरण एक कार्यक्रमका विच कूश्मा नगरपालिका प्रमूख रामचन्द्र जोशीले गर्नु भएको छ । उक्त कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीता थापाको अध्यक्षतामा,स्वागत कूश्मा नगर सचिव सूरेन्द्र के सी र संचालन सचिव यमनाथ पोख्रेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश हादूर क्षेत्री,नेपाली कांग्रेस कूश्मा नगर कोषाध्यक्ष शिवराज शर्मा र मजदूर यनियनका जिल्ला अधयक्ष पूष्कल सुवेदीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here