संजय रेग्मी
फागुन १, २०७४
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेक जाँचमा उल्लेख्य तिब्रता दिएको छ ।

हाईवे र बजार क्षेत्रभित्र समानान्तर रुपमा चेकजाँच गरिरहेका कारण कारबाहीमा पर्ने सवारी साधनहरुको संख्यामा निकै बृद्धि भएको कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले जानकारी दिए ।

कारबाहीमा पर्ने मध्ये सबैभन्दा तिब्र गतिमा सवारी हाँक्ने र कागजपत्र बिना नै सवारी चलाउनेहरु रहेको पनि कार्यालय प्रमुख रानाभाटले बताए । अहिले दैनिक झण्डै ५० देखि ७० ओटा सम्म सवारी साधनहरु कारबाहीमा पर्ने गरेका छन ।

रानाभाट भन्छन, ‘ट्राफिक प्रहरीले पैदल र सवारी मार्पmतबाट पनि छड्के चेकजाँचलाई तिब्रता दिएको छ। जिल्लामा दुर्घटनामा समेत निकै न्यूनिकरण भएको छ भने राजश्वमा पनि बृद्धि भएको छ । गल्ती गर्ने सरकारी र नीजि सबै सवारी साधनहरु कारबाहीको दायरामा आएका छन ।’

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४÷०७५ अन्तरगत गएको श्रावणदेखि माघ मसान्तसम्म कुल २६ लाख ३९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधिमा कुल ४ हजार ४ सय ४० ओटा सवारी साधनहरु कारबाहीमा परेका छन। जसमा ७ सय २६ ओटा बस, ४ सय ९० ओटा ट्रक, १ हजार ४ सय ८० ओटा जिप, कार र भ्यान, ४ सय १३ ओटा ट्रयाक्टर र १ हजार ३ सय ३१ ओटा मोटरसाईकल छन ।

यस अबधिमा सबैभन्दा असोजमा ८ सय सवारी साधनलाई गरीएको कारबाहीबाट ४ लाख ६९ हजार रुपैयाँ राजश्व उठेको छ भने सबैभन्दा कम पुषमा ५ सय ५० सवारी साधनहरुमाथि गरिएको कारबाहीबाट ३ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here