संजय रेग्मी
माघ २९, २०७४
पर्वत : मद्यपान सेवन गरी महिलामाथि जबरजस्ती बलत्कारको प्रयास गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार जिल्लाको फलेवास नगरपालिका वडा नं. १० का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठले गएको माघ २४ गते साँझ सोही स्थानकी एक महिलामाथि बलत्कारको प्रयास गरेका थिए।

अत्याधिक मदिरा सेवन गरी अपराधको प्रयास गरेका श्रेष्ठ स्थानीय ब्यक्तिहरुले देखेपछि फरार भएका थिए। प्रहरी निरीक्षक पौडेल भन्छन, ‘स्थानीयबासीले नदेखेको भए बलत्कार हुने रहेछ। घटनास्थलबाट भागेपछि फरार रहेका श्रेष्ठलाई हामीले माघ २६ गते लुकुछिपी पोखरा भाग्न लागेको अवस्थामा सदरमुकाम कुश्मा स्थित शिवालयचोकबाट पक्राउ गरेका छौँ।’

पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणी उधोग अपराधमा पक्राउ र सोही अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here