२९ माघ
मस्को । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ ।
विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा परी विमान टुक्रा टुक्रा भएको छ । सवार यात्रुको शव पनि टुक्रा टुक्रा भएको छ ।
दुर्घटनामा परी एक १२ वर्षे बालकको समेत मृत्यु भएको छ ।
विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो ।
रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ ।