२६ माघ
कूश्मा पर्वत । पर्वत जिल्लामा पनि विगत वर्ष जस्तै यस वर्ष हात्तिपाईले (फाईलेरीया ) रोग निवारण अभियान नवौ चरण शूरुहुने भएको छ । विगत वर्षमा जसरी पर्वत जिल्लाका सात वटै स्थानिय तहमा यो अभियान संचालन हुने भएको छ ।
हात्तिपाईले (फाइृलेरीया ) रोग सरुवा रोग हो । यो रोग मसिनो धागो आकारको उच्चेरीया वाक्रोफट्टी नामक फाईलेरीया पराजीवी वाट लाग्दछ । यो पराजिवि एक व्यक्ति वाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाई वाट सर्दछ । सर्व साधारणले हात्तिपाईले रोग भनेर वुभने भएकाले हात्तिपाईले रोग भनिएको हो ।
नेपालले सन् २०२० मा हात्तिपाईले रोगलाई उन्मूलन गर्ने गरि विश्व स्वास्थ्य संगठनमा जनाएको प्रतिवद्धता अनूरुप यो अभियान हरेक वर्ष संचालन गरिदै आएको छ । नेपालमा सन् २००३ देखी यो अभियान संचालन भएको हो । नेपालका ६१ जिल्लामा संचालन भएको यस अभियानको पर्वत जिल्लामा ९ औ पटक हुने भएको छ । नेपालको कूल जनसंख्याको १३ प्रतिशत जनता अहिले पनि हात्तिपाईले रोग वाट प्रभावित भएका छन् ।
फागुन १२,१३ र १४ गते गरि ३ दिन पश्चिमान्चल लगायतका २१ जिल्लामा अभियान संचालन हूदैछ । स्वास्थ्यको जनगणना अनूसार पर्वत जिल्लाको कूल १ लाख ४८ हजार २ सय ३७ जनसंख्यामा गर्भवती,दिर्घरोगी लगायतका व्यक्तिहरुलाई औषधी खुवाउन नमिल्ने भएकाले १ लाख ३७ हजार जतिलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने कूरा जिल्ला स्वास्थ्य कार्यालयको तारगेट रहेको छ । हात्तिपाईले विरुद्धको औषधी गर्भवती तथा एकहप्ता सम्मको सूत्केरी आमाहरु,सिकिस्त विरामीहरु,छारे रोगका विरामीहरु,दुईवर्ष नपूगेका केटाकेटीहरु र कडा तथा दिर्घ रोगीहरुले यो औषधी सेवन गर्न नहुने जनाएको छ ।
नवौ हात्तिपाईले निवारण अभियान जिल्ला समन्वय समितिको वैठक आज पर्वत जिल्लामा सम्पन्न भएको छ । उक्त वैठकका अध्यक्ष तथा निमित्त प्रमूख जिल्ला अधिकारी डिल्लीराम शर्माले यो नेपाल सरकारको घोषित राष्ट्रिय अभियान भएकाले सहयोग गर्नु हामी सवैको कर्तव्य भएको धारणा राख्नू भयो । यस अभियानमा सवै सरोकारवाला नागरिक समाज,संचारकर्मी,सूरक्षाकर्मी कर्मचारी विद्यार्थी सवैलाई सहयोग गर्न अनूरोध गर्नु भयो । कार्यक्रममा स्वागत तथा उद्धेश्य माथी निमित्त जिल्ला स्वास्थ्य प्रमूख सजिना महर्जनले गर्नु भएको थियो । हात्तिपाईले रोगको फैलावट,उपचार र रोकथामको वारेमा डा मिलन श्रेष्ठले प्रकास पार्नुभएका थियो । कार्यक्रमका फोकल प्रसन तथा जनस्वास्थ्य अधिकृत दिपक भण्डारीले पर्वत जिल्लामा फागुन १२ देखि १४ गते सम्म ३ दिन संचालन हुने अभियानको वारेमा जानकारी गराउनु भएको थियो । विगत वर्षको अनूभव राख्दै उहांले पर्वत जिल्लामा १०५० स्वयमसेवी भोलन्टीयरलाई तालिम दिएर परिचालन गर्ने, स्वास्थ्य स्वयम सेवीका देखि स्वास्थ्य संस्थाका सवै कर्मचारी परीचालन गरिने जानकारी दिनूभयो ।
उक्त वैठक जिल्ला स्वास्थ्य समन्वय समितका अध्यक्ष तथा निमित्त प्रमूख जिल्ला अधिकारी डिल्लीराम शर्माको अध्यक्षता र कार्यक्रम संचालन सि अ.हे व गोपाल आचार्यले गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक दिलिफ घिमीरे,पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापती रुद्र वहादूर रिमाल,महिला वालवालिका कार्यालयका कार्यालय प्रमूख सीतामाया थापा लगायतले अन्तरकृया गर्नुभएको थियो ।