२२ माघ
पर्दामा रुचाईएका जोडी पल शाह र आँचल शर्मा माउण्टेन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा अतिथीका रुपमा निम्त्याइएका थिए।

कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पल शाह र आँचल शर्मालाई दुई जना बिच माया-प्रेम र सम्बन्धको बारेमा प्रश्न सोधे। धमलाको प्रश्नको जवाफ दिदैं पल र आँचलले दुई बिचमा प्रेम सम्बन्ध नरहेको,अहिले असल साथीको सम्बन्ध मात्रै रहेको र भविष्यमा आफूहरु दुई-बिच बिहे हुन पनि सक्ने कुरालाई भने अस्वीकार गरेनन्।

फेब्रुअरी १४ तारिख अर्थात ‘भ्यालेन्टाइन डे’ नजिकै आइसकेको छ। भ्यालेन्टाइन डेको बारेमा पल शाह भन्छन्-‘व्यस्तताको दैनिकी ‘भ्यालेन्टाइन डे’मा एकदिन माया-प्रेमबारे खुलेर कुरा गर्न सकिन्छ र त्यो दिन आफ्नो प्यारो मानिसलाई प्रेम व्यक्त गर्ने दिन हो।’

भ्यालेन्टाइन डेमा विकृती आएको छ। म यसलाई त्यति महत्व दिन्न। आँचल शर्माले ‘भ्यालेन्टाइन डे’ बारे आफ्नो धारणा सुनाइन्।

भविष्यमा पल र आँचल मिलेर फिल्म निर्माण समेत गर्नसक्ने कुरा उनीहरुले बताए।पल भन्छन्- नेपालको हालत देख्दा नराम्रो लाग्छ र नेपालका राजनितीज्ञहरु मन पर्दैंन। तर केपी शर्मा ओलीको विचार भने मनपर्छ।

हेर्नुहोस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here