२२ माघ, सप्तरी । जिल्ला कारागार, सप्तारीका जेलर कृष्णप्रसाद दाहाल ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले सोमबार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

दाहालले दुई जना कैदीबन्दीलाई अन्य कारागारमा सरूवा गरिदिने भन्दै उक्त रकम लिएकाे जनाइएकाे छ । कारागारको नजिकै रहेको मुरली चिया पसलमा एक जना महिलासँग रकम लिने वित्तिकै उनलार्इ पक्राउ गरिएकाे थियो ।

कैदीबन्दीलाई अन्यत्रको कारागारमा सरुवा गरिदिने भन्दै दाहालले उक्त रकम लिन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जेलर दाहालमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here