२२ माघ

काठमाडौं : ‘अहिले आएर बुझ्दैछु– लाइफ साँच्चिकै ब्युटिफुल रहेछ। ढिला गरी बुझे पनि मैले अब जिन्दगीको महत्‍व बुझिसकेँ।’

चार वर्षसम्म लागुऔषधको दुव्र्यसनी बनेकी धनगढीकी १९ वर्षीया निक्की शाह (नाम परिर्वतन) ले बल्ल जिन्दगीको महत्‍व बुझेकी छिन्।हाल दुव्र्यसनबाट मुक्ति पाउन काठमाडौँ, रामकोटस्थित सहारा नेपाल पुनःस्थापना केन्द्रमा भर्ना भएकी उनी दुव्र्यसनमा फस्नुको त्यति ठूलो कारण भने छैन। ‘पहिले ममीले मलाई भन्दा दिदीलाई धेरै माया गरेजस्तो लाग्थ्यो,’उनले सुनाइन्, ‘यही कारण फ्रस्टे«सन भयो, दुव्र्यसनी बनेँ।

तर, म गलत रहेछु।जन्म दिने आमाले पनि त्यस्तो किन गर्नुहुन्थ्यो र ?’ उनी सानै छँदा बुवाको मृत्यु भयो। आमासँग हुर्किइन्। अहिले काठमाडौँको एउटा क्लेजमा १२ कक्षामा अध्ययनरत निक्कीको पूर्ण रूपमा ठीक भएपछि अध्ययन गर्न विदेश जाने र आमालाई पाल्ने योजना छ।

निक्कीजस्ता धेरै किशोरी र युवती अहिले लागुऔषधको दुव्र्यसनमा फसेका छन्। कोही लामो समय दुव्र्यसनको शिकार भएपछि जीवनको महत्‍व बुझ्दै पुनःस्थापना केन्द्रमा उपचाररत छन् भने कोही उपचारपछि पूर्ण रूपमा ठिक भएर जिन्दगीलाई पुरानै लयमा हिँडाउँदैछन्।

एक्लोपन मेटाउन ड्रग्स
सानै उमेरमा आमाबुबासँगै बस्न नपाएका र परिवारभन्दा टाढा रहेर बाल्यकाल बिताउनुपरेका किशोरीहरू पनि लागुऔषध दुव्र्यसनीमा फस्ने गरेका छन्। काठमाडौँ, बसुन्धराकी २४ वर्षीया रूपा सापकोटा (नाम परिर्वतन) सानै उमेरदेखि आमाबुबाको प्रत्यक्ष माया र ममता पाउनबाट वञ्चित भइन्। रोजगारीको सिलसिलामा उनका आमाबुबा धेरै पहिलेदेखि हङकङमा बस्ने गरेका कारण उनी दिदी–भिनाजुसँग बस्थिन्।

दिदी–भिनाजुको ‘केयर’ मात्रै उनका लागि आमाबुबाको माया बिर्साउन काफी भएन। र, एक्लोपन भुलाउन उनले लागुऔषधको सहारा लिन थालिन्। ‘सानैदेखि आमाबुबादेखि टाढै बस्नुपर्‍यो,’ उनले सुनाइन्, ‘ ममीड्याडी नै सँगै नभएपछि एक्लो फिल भयो। ड्रग्स लिन थालेँ।’ १४ वर्षकी हुँदा नै साथीभाइको संगतमा लागुऔषध लिन थालेकी उनी अहिले सहारा नेपाल पुनःस्थापना केन्द्रमा छिन्।चार महिनादेखि त्यहाँ उपचार गराइरहेकी उनी अहिले आफूमा सुधार आइरहेको बताउँछिन्। सुधारगृहमा लगिदिएकोमा उनी भिनाजुप्रति आभारी पनि छिन्।

२३ वर्षीया निशा थपलिया (नाम परिर्वतन) ले सानैदेखि होस्टेलमा बसेर पढिन्। बुबा विदेशमा थिए, आमा घरमै व्यस्त। उनलाई पढाउने, घुमाउने समय कोहीसँग थिएन। एक्लो महसुस गरिरहेकी उनले होस्टेलमै साथी संगतबाट चुरोट खान थालिन्। लागुऔषधको नशामा डुबिन्। छाड्न चाहेर पनि नसकेकी उनलाई अहिले परिवारले नै सुधारकेन्द्रमा हालिदिएको छ।निशा भन्छिन्, ‘ममीहरूले सानैदेखि केयर गरेको भए म यता लाग्दिन थिएँ होला।’

प्रेम टुटेपछि दुव्र्यसनी
स्कुल पढ्दा रिना राई (नाम परिर्वतन) लज्जालु स्वभावकी थिइन्। कक्षा १२ मा पुगेपछि भने उनको यो स्वभावमा परिवर्तन आयो। नयाँ साथीहरूसँग घुलमिल भइन्। उनका साथी कहिलेकाहीँ क्लास बंक गरेर कलेज छेउको खोल्सातिर गएर चुरोट पिउँथे। संगतको प्रभावस्वरूप उनी पनि चुरोट खान थालिन्। केही समयपछि रिनाको त्यही ग्रुपको एउटा केटासँग प्रेम भयो।

drug-1

तस्बिर:सञ्‍जय राैनियार

केही समय उनीहरू ‘डेटिङ’ पनि गए।तर, केटाका धेरै गर्लफ्रेन्ड रहेछन्। त्यो थाहा पाएपछि उनलाई पीडा भयो। ‘टेन्सन हट्छ भनेर एक दिन साथीसँग मिलेर गोटी खाएँ,’ उनले सुनाइन्, ‘त्यहाँदेखि त यसको नशा लाग्यो। गोटीबाट बिस्तारै इन्जेक्सनसम्म लिन थालेँ।’काठमाडौँ, हात्तीगौँडास्थित दृष्टि नेपाल पुनःस्थापना केन्द्रकी अध्यक्ष परिन सुब्बा प्रेम सम्बन्ध बिग्रिएपछि आफ्ना प्रेमीलाई देखाउनकै लागि केही युवती दुव्र्यसनमा फस्ने गरेको बताउँछिन्। ‘प्रेम टुटेको झोकमा दुव्र्यसनमा लाग्ने युवती पनि थुप्रै छन्,’ उनी भन्छिन्, ‘अभिभावकले पनि छोरीलाई उमेर पुगेपछि यस्तो गर्नुपर्छ भनेर बाटो देखाउँदैनन्। आफ्नो बाटो आफैँ खोज्दा गलत बाटोमा जान्छन्।’

वैवाहिक जीवन बिग्रँदा कुलतमा
अहिले ३२ वर्ष पुगेकी हेटौँडाकी एनी राईको १६ वर्षमै प्रेम विवाह भयो। आमाबुबाको डिभोर्स भएपछि उनी आमासँगै १० वर्षको उमेरमा भारत, सिक्किमबाट मामा घर नेपालको उदयपुर आइन्। गाउँघरमा आमाको दुःख देख्न नसकी उनी चार/पाँच जना साथीसँग भागेर काठमाडौँ आइन्। केही समय कपनमा रहेको गलैँचा कारखानामा काम गरिन्।साथीहरूमार्फत रेस्टुरेन्टमा काम गर्ने एक जना केटासँग उनको चिनजान भयो।

चिनजानको एक वर्षपछि बिहे पनि गरिन् तर श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि उनी बिस्तारै लागुऔषधको दुव्र्यसनमा फसिन्। ‘काठमाडौँ आएर अनेक दुःख भोगियो, आफ्नो जीवनदेखि वाक्क लागिसकेको थियो,’ एनीले सुनाइन्, ‘बिहे गरे जिन्दगी सेटल होला, जिन्दगीमा सुख होला भनेर बिहे गरेँ तर सोचे जस्तो भएन। श्रीमान् अर्कै केटीसँग हिँड्न थालेपछि मलाई जिन्दगीदेखि नै वितृष्णा जाग्यो।’

श्रीमान्‍ा्सँग सम्बन्ध राम्रो नभएपछि उनी छोरा लिएर एक्लै बस्न थालिन्। ‘श्रीमान्‍ा्सँग झगडा पनि धेरै भयो, धेरै पटक सुसाइडको कोसिस पनि गरेँ,’ उनले विगत सम्झिइन्, ‘त्यसपछि गाँजा खान सिकेँ। हेरोइन, ट्याब्लेट सबै लिएँ। छुट्टै संसारमा पुगेजस्तो भयो। कसैको पनि केही मतलब भएन।’ सात वर्षअघि दुव्र्यसनबाट मुक्त भएकी उनी अहिले दुव्र्यसनीमा परेका महिलाका लागि सहारा नेपाल पुनःस्थापना केन्द्र चलाइरहेकी छिन्।

सेक्सी बन्ने भ्रममा लागुऔषध

‘सेक्सी’ र ‘स्लिम’ भइन्छ भन्ने भ्रममा लागुऔषध सेवन गर्ने युवती पनि छन्। विराटनगरकी २१ वर्षीया विनिता भट्टराई (नाम परिर्वतन) पनि त्यस्तै भ्रममा परेर दुव्र्यसनी बनिन्। उनी सानैदेखि अलि मोटी थिइन्। साथीहरूले उनलाई ‘भैँसी’ भन्दै जिस्क्याउँथे। यस्तो व्यवहारले उनलाई दिक्क लाग्थ्यो।
एक दिन उनलाई ‘स्लिम’ भएर ती साथीलाई देखाइदिने सोच आयो। त्यसका लागि उनले मर्निङवाक गरिन्। बिहान कागती–पानी र बेलुका साग, फुलफूल मात्र खाने गरिन् तर ज्यान घटेन।

drugs-1

कलेजकी साथीले एक दिन उनलाई ‘स्लिम हुने औषधि खान्छेस्?’ भन्दै लोभ्याइन्। ‘फिगर स्लिम हुन्छ, आँखा स्मोकी हुन्छ, सेक्सी देखिन्छ भनेपछि मलाई आफ्नो सपना पूरा हुने आशा पलायो,’ अहिले दृष्टि नेपाल पुनःस्थापना केन्द्रमा उपचार गराइरहेकी उनले भनिन्, ‘ड्रग्स लिँदा सुरुमा त अलि स्लिम र सेक्सी भएको फिल पनि भयो तर बिस्तारै एडिक्ट भैसकेकी रहेछु।’

दुव्र्यसनी हुँदै कारोबारीसम्म

महिलाहरू अब लागुऔषधको दुव्र्यसनी मात्र होइन, त्यसको कारोबारीसमेत बन्न थालेका छन्। दाङ, घोराहीकी २३ वर्षीया सरिता खनाल चार वर्षअघि १७ ग्राम खैरो हेरोइनसहित काठमाडौँमा पक्राउ परिन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको विशेष सुराकीमार्फत पक्राउ परेकी उनले दाङबाट लागुऔषध खरिद गरी काठमाडौँमा ल्याएर बेच्ने गर्थिन्।

काठमाडौँमा कुनै रोजगारी नपाएपछि लागुऔषधकै कारोबारबाट फाइदा लिन आफू त्यसमा संलग्न भएको बयान उनले ब्युरोलाई दिएकी थिइन्। त्यस्तै, सिन्धुपाल्चोककी २७ वर्षीया सुस्मिता भन्ने अस्मिता तामाङ २०७१ सालमा काठमाडौँको डल्लुबाट १ किलो १ सय ५० ग्राम चरेससहित पक्राउ परिन्।

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डीआईजी ठूले राई महिलाहरू दुव्र्यसनीबाट कारोबारीसमेत बन्न थालेको र यो बढ्दो क्रममा रहेको बताउँछन्। ‘पक्राउ पर्नेमा लागुऔषध दुव्र्यसनी र कारोबारी किशोरी÷युवती दुवै उत्तिकै छन्,’ उनले भने, ‘यो बढ्दो क्रममा छ।’ नेपाल प्रहरीको तथ्यांकअनुसार २०६७ देखि २०७४ को बीचमा ९ सय १९ जना महिला विभिन्न लागुऔषधसहित पक्राउ परेका छन्। प्रत्येक वर्ष लागुऔषध दुव्र्यसन र कारोबारमा पक्राउ पर्ने महिलाको संख्या बढ्दो रहेको प्रहरीको तथ्यांकले देखाउँछ।

 ‘छोरीलाई बेवास्ता गरिन्छ’

करिब पाँच वर्षजति पुनःस्थापनासम्बन्धी विभिन्न केन्द्रमा काम गरेपछि मेलै यो केन्द्र सञ्चालन गरेकी हुँ। अहिले एक वर्ष जति मात्रै भयो यो सञ्चालन भएको। यहाँ हामी बिहानदेखि बेलुकासम्म विभिन्न कार्यक्रम सञ्चालन गर्छौं, जसबाट दुव्र्यसनी महिलालाई दिनभर व्यस्त बनाउन सकिन्छ। हामी यहाँ विभिन्न एक्सरसाइज, योग, ध्यान गराउने र पढाउने गरिन्छ। मनोवैज्ञानिक परामर्श पनि दिन्छौँ। लागुऔषधबाट उनीहरूको दिमागलाई अन्तै मोड्ने गरी परामर्श दिन्छौँ।

एनी राई,सञ्चालक, सहारा नेपालसञ्चालन

भएको एक वर्षमै सहारामा करिब ४० जना महिला भर्ना भइसकेका छन्। अहिले हामीसँग करिब २० जना जति छन्। लामो समय दुव्र्यसनमा लागेकालाई सुधार हुन धेरै समय लाग्छ। अभिभावकले सुरुमा धेरै गाह्रो भयो भनेर ल्याउनुहुन्छ तर अलिकति सुधार हुनेबित्तिकै छोरीलाई घर लैजान हतार गर्नुहुन्छ। त्यसो गर्दा कहिले पनि सुधार हुँदैन्। पुनःस्थापना केन्द्रमा कम्तीमा छ महिनादेखि एक वर्षसम्म राख्नुपर्छ।

सुधारकेन्द्रबाट गएपछि पनि परिवारले साथीजस्तो भएर उनीहरूसँग बसिदिनुपर्छ। समय–समयमा ‘फ्लोअप’का लागि पुनःस्थापना केन्द्रमा पठाइरहनुपर्छ। त्यस्तो गर्दा उसलाई ‘क्लिन’ बस्न सजिलो हुन्छ। महिला दुव्र्यसनीलाई हतपत सुधारगृहमा ल्याइँदैन। केटी मान्छे भएर यस्तो गर्ने भनेर समाजले पनि हेलाँ गर्छ। हाम्रो समाजले नै महिला सुधारकेन्द्र भनेपछि अर्कै दृष्टिकोणबाट हेर्छ।

त्यो हामीले अहिले पनि भोगिरहेका छौँ। ड्रग खाएको, पुनःस्थापना केन्द्र लगेको समाजले थाहा पाउने डरले अविभाकले त्यसलाई लुकाउनुहुन्छ। भोलि छोरीलाई कसैले बिहे गर्दैन भन्ने डर उहाँहरूलाई हुन्छ। तर, त्यो भनेको रोग लुकाउनु हो। रोग लुकाउँदा दुव्र्यसनीलाई अझ खतरा हुन्छ। ‘केटी मान्छे बिहे गरेर अर्काको घर जाने जात हो, यसका लागि किन पैसा र्खच गर्ने’ भन्ने मानसिकता पनि केही अभिभावकमा हुन्छ। छोरालाई सुधारका लागि जति पनि खर्च गर्न अभिभावक तयार हुन्छन् तर छोरीलाई बेवास्ता गरिन्छ। हाम्रै सुधारकेन्द्रमा पनि धेरैले महिलालाई ल्याएर छोड्नुहुन्छ तर त्यसपछि वास्ता गर्नुहुन्न।

‘यसरी बनेँ दुव्र्यसनी’

मेरो घर कपन हो। म अहिले ४१ वर्षकी भएँ। मेरा दुइटा छोरीहरू छन्। उनीहरू दुवै जना सेनामा छन्। ठूली छोरी अहिले २९ वर्षकी भइन्। उनी यूएईको आर्मीमा छिन्। कान्छी छोरी चाहिँ २७ वर्षकी भइन्। उनी नेपाल आर्मीमा छिन्। उनीहरू आ–आफ्ना काममा व्यस्त हुन्छन्।

सीमा राई

सानी छोरी ११ वर्षकी हुँदा श्रीमान् हामीलाई छाडेर हिँड्नुभयो। उहाँको अर्को बिहे भएको रहेछ। म १४ वर्षकी हुँदा मेरो बिहे भयो थियो। त्यो बेला धैरै थाहा पनि भएन। उहाँले मलाई झुक्याएर बिहे गर्नुभएको रहेछ। उहाँले छोडेर गएपछि म हेटौँडाबाट माइतीका साथ वीरगञ्ज गएँ। त्यहाँ गएर व्यापार गरेँ। त्यहाँ करिब १७ वर्ष व्यापार गरियो।

श्रीमान्सँगको बिछोड, छोरीहरूको जिम्मेवारीलगायत तनावले मैले २५÷२६ वर्षको हुँदा ड्रग लिन थालेँ। पसलमा केटा साथीहरू आइरहन्थे। उनीहरूको संगतले ब्राउन सुगर, गाँजा, ट्याब्लेट सबै लिएँ। भारतीय सीमानजिकै भएकाले किनेर ल्याउन सजिलै थियो। पछि ड्रग प्रयोग गर्न छाडेँ तर बेस्कन रक्सी खान थालेँ। घरमा एक्लै हुन्छु। एक्लै हुँदा के गरौँ, कसो गरौँ हुन्छ। त्यसपछि अल्कोहल लिन्छु।

यो कुलतबाट छुटकारा पाउन विभिन्न पुनःस्थापना केन्द्रमा धाएँ। केही समय त सुध्रिन्थेँ, तर बाहिर आएपछि फेरि रक्सी खाइहाल्थेँ। छोरीहरूले नखानू भनेर सम्झाउँथे। उनीहरूले जति सम्झाए पनि एक्लै हुँदा अल्कोहल लिइहाल्थेँ। अहिले सहारा नेपाल पुनःस्थापना केन्द्रमा उपचार गराइरहेकी छु। यहाँ मलाई कान्छी छोरीले ल्याएकी हो। आएको महिनाजति भयो, राम्रै भइरहेको छ।

अहिले आएर मलाई दुव्र्यसनी बनेर जिन्दगीमा ठूलो गल्ती गरिएछ भन्ने महसुस भइरहेको छ। अब चाहिँ कुनै पनि हालतमा नखाने अठोट छ मेरो। दुव्र्यसनी हुनु भनेको जिन्दगी बर्बाद पार्नु रहेछ।

‘महिला दुव्र्यसनी बढिरहेका छन्

पक्राउ पर्नेहरूमा लागुऔषध दुव्र्यसनी र कारोबारी किशोरी÷युवती दुवै उत्तिकै छन्। दुव्र्यसनमा लाग्ने÷नलाग्ने कुरा आफ्नो साथी सर्कलमा पनि भर पर्छ। राम्रा साथीहरू भए दुव्र्यसनमा लाग्ने सम्भावना अलि कम हुन्छ। साथीहरू नै दुव्र्यसनी भए त कुनै पनि युवती चाँडै बिग्रिने भइहालिन्।

डीआईजी ठूले राई,प्रमुख, लागुऔषध नियन्त्रण ब्युरो

हुँदै गएको हाम्रो समाज, पुरुष साथीहरूसँगको सहजतापूवर्क हिमचिमले पनि पछिल्लो समय किशोरी र युवतीहरू दुव्र्यसनमा फस्दै गएका छन्। बेरोजगारी पनि दुव्र्यसनीमा फस्ने अर्को कारण हो। लागुऔषधको कारोबारबाट छोटै समयमा धेरै पैसा कमाउन सकिने भएपछि बेरोजगार महिलाहरू यतातिर सजिलै लाग्ने गरेको पनि पाइएको छ।

धेरै त चेतना अभावका कारण पनि यस्तो कारोबारमा संलग्न भएका हुन्छन्। पक्राउ परेका महिलामध्ये कतिलाई त लागुऔषधको कारोबार गर्दा पक्राउ परिन्छ भन्ने ज्ञान पनि नभएको पाइएको छ। हरेक वर्ष लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्न भएर पक्राउ पर्ने महिलाको संख्या बढ्दो छ। यसलाई रोक्न हामीले चेतना जगाउने काम पनि ब्युरोबाट गरिरहेका छौँ। स्थानीय स्तरमा उत्पादन हुने गाँजा, भाङलगायत लागुऔषध नियन्त्रण गर्न जिल्लाका प्रहरीहरूको उल्लेख्य भूमिका हुन्छ।

त्यसका लागि पनि हामीले ब्युरोबाट बेला–बेलामा विभिन्न निर्देशन दिइरहेका हुन्छौँ। त्यस्तै, दुव्र्यसनी र कारोबारीको सहज पहिचानका लागि हामीले प्रहरीलाई विभिन्न तालिम दिने गरेका छौँ। भारततर्फको खुला सिमानाका कारण पनि लागुऔषध नेपालमा सजिलै भित्रिने अवस्था छ। त्यो रोक्नलाई पनि हामीले नेपाल र भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरिरहेका छौँ। सबै लागेको खण्डमा यसलाई निर्मूल नै पार्न नसकिए पनि नियन्त्रण भने गर्न नसकिने होइन।

सबैभन्दा महत्‍वपूर्ण कुरा, आफ्ना सन्तानलाई दुव्र्यसनमा फस्न नदिन अभिभावकको ठूलो हात हुन्छ। अभिभावकले आफ्ना सन्तान कहाँ गइरहेका छन्, कस्तो साथी संगतमा छन् भन्ने कुरामा ख्याल गर्नुपर्छ। स्कुल÷कलेज पठाएर, सन्तानको खर्च धानिदिएर मात्रै अभिभावकको जिम्मेवारी पूरा हुँदैन। आफ्ना बच्चाले ठीकसँग पढे/नपढेको, उनीहरूको व्यवहार के–कस्तो छ आदि विषयमा पनि अभिभावकले उत्तिकै ध्यान दिनुपर्छ। अन्नपूर्ण पोष्ट अनलाईन वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here