२२ माघ
काठमाडौं। भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपालसँगको सम्बन्ध सुधारको बाहानामा नेपाल आईरहँदा भारतको सीमामा भने चीनले भारतलाई नै त्रसित बनाउने गरी हतियार जम्मा पार्न थालेको छ। चीन र भारतको सीमा अन्तर्गत् तिब्बतको विभिन्न भूमिमा यस्तो अत्याधुनिक हतियारहरु ओसार्न थालेपछि भारत यसमा थप सशंकित बनेको छ।

दोक्लाममा केही महिना अघि अस्थाई रुपमा सुल्झिएको भारत र चीनबीचको सीमा विवाद योसँगै फेरि पनि तिब्बतमा सुरु भएको मान्न समेत थालिएको छ। भारत र चीनको सीमानामा पर्ने तिब्बतको सीमामा चीनले फाईटर जेट तथा नेवी वारसिस्प तैनाथ गरेपछि दुई देशबीच सीमा तनाव सुरु भएको कुरा बाहिर आएको समाचार भारतको नवभारत टाईम्सले जनाएको छ। यसलाई भारतीय मिडियाहरुले भारतलाई उक्साउने हर्कतको रुपमा लिएकाछन्। तिब्बतमा चिनियाँ सेना मात्रै नभई पीएलए एयर फोर्स तथा नेवीले समेत पछिल्ला दिनहरुमा आफ्नो सामथ्र्य प्रदर्शन गरिरहेको छ।

रिपोर्टका अनुसार एक हालिया इन्टिलिजेन्स नोटमा भनेको छन् कि, ‘पछिल्लो तीन सातामा फाइटर जेट्सको संख्या ४७ बाट बढेर ५१ पुगेको छ। पछिल्लो वर्षको तुलनामा यो संख्या १० एयर क्राफ्टले बढी हो। ल्हासा (गोन्नगकामा चीनले ८ फाइटर जेट्स तैनात गरेको छ। यस वाएक एयर मिसाइल सिस्टम्स समेत २२ एमआई (१७ हेलिकप्टर्स समेत कैयौं अन्य हतियार समेत तैनाथ गरेको छ। होपिङ्ग (रिकाजमा चिनियाँ वायु सेनाको १८ एयरक्राफ्ट्स तैनात भएको छ। यसको अलावा ११ एमआई (१७ अनमेन्ड एरियल विकल्स समेत शामिल छ। यति मात्रै होइन, चीनले तिब्बतमा भारतको सीमामा जमीनबाट हावामा हान्न सक्ने मिसाइल समेत लगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here