१९ माघ
काठमाडौं शुक्रबार बिहान काठमाडौं महाराजगन्जस्थित गणमा तालिमकाक्रममा ग्रीनेड विस्फोट भएको सेनाले जनाएको छ ।
जसमा एक सैनिक गम्भीर घाइते भएको र चारजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
सेनाका प्रवत्ता गोकुल भण्डारीले गम्भीर घाइते भएका सैनिकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियुमा उपचार भइरहेको र अरु चारजनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको जानकारी दिए ।
ग्रीनेड विस्फोट के–कति कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ ।