१९ माघ

काठामाडौं । कांग्रेस नेता अमरेशकुमार सिंहले मधेसी दल र एमाले मिलेर सरकार बन्ने र माओवादी प्रतिपक्ष बस्ने कुराको खुलासा गरेका छन् । उनले  नेकपा एमाले र भारतीय संस्थापनबीच लामो छलफलपछि सेटिङ सो कुरा  मिलेको दावी गरेका छन् ।

भारतीय मामिलाका जानकारका रुपमा परिचय बनाएका कांग्रेस नेता सिंहले बैककबाट ओली–मोदी विश्वासको वातावरण निर्माण भएको भन्दै त्यसैको निरन्तरताका लागि भारतीय विदेशमन्त्री सुस्मा स्वराज काठमाडौं आएको बताएका छन् ।

अमरेसका अनुसार राजनीतिक उपचारका लागि बैंकक गएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिका सुरक्षा सल्लाहकार अजित दोवलले बैंककमा नै भेट गरेका थिए । सो भेटपछि अबको पाँच वर्ष ओलीले नेपालको प्रधानमन्त्री बन्ने आधार निर्माण भएको छ । सिंहले भने, ‘बैककमा ओली र अजित दोवलबीच भेटवार्ता भएको थियो । त्यसैको निरन्तरतास्वरुप सुष्मा स्वराज नेपाल आएकी हुन् ।’

नेता सिंहले बैककमा ओली–दोवलबीच नेपालको पाँच वर्षे राजनीतिक खाका समेत तयार गरेको दावी गरेका छन् । त्यसरी तयार पारिएको कोर्ष अनुसार अव दुईवटा कम्युनिष्ट पार्टी एक हुँदैनन् र मधेस केन्द्रीत दलसँग मिलेर ओलीले सरकार बनाउने उनले दावी गरेका छन् ।

‘दुई कम्युनिष्ट पार्टी एक हुँदैनन्, मधेस केन्द्रित दलहरुको सहयोगमा ओली प्रधानमन्त्री बन्छन् ’, सिंहले भने, ‘त्यसका लागि मधेसी दललाई सरकारमा जान संविधान संशोधन गर्ने वा त्यस्तै केही ‘फेस सेभिङ’को सहमति हुन सक्छ ।’

प्रचण्डको राजनीतिक भविष्य खतरामा

उनले कांग्रेस अबको पाँच वर्ष प्रतिपक्षमै रहने दावी पनि गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्य पनि खतरामा रहेको दावी गरेका छन् । ‘पार्टी एकता भएपनि वा नभएपनि प्रचण्ड राजनीतिकरुपमा अब कमजोर हैसियतमा मात्र रहन्छन्,’ सिंहले भविश्यवाणी गरेका छन् । हाम्राकूरा वाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here