पर्वत ।। नेपाल यातायात व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा जलजला गाउँपालिका ८ नाग्लीवाङका हरि विकास जिसीले उम्मेदवारी दिएका छन् । जिसीले विहीवार विहान महासचिव पदमा उम्मेदावारी दर्ता गराएका हुन् । नेपाल यातायात व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन आज विहान ८ बजेवाट शुरु हुदै छ । यातायात व्यवसायी महासंघको महासचिव पदमा सरोज सिटौला, हरिविकास जिसी लगायतले उम्मेदवारी दिएका छन् । जिसी यातायात मजदुर व्यवसायीको केन्द्रिय सदस्य हुन् । उनी जलजला गाउँपालिका ८ नाग्लीवाङका वडा अध्यक्ष समेत हुन् ।
यातायात महासंघको इतिहाँसमा उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । यातायात मजदुर व्यवसायीको केन्द्रिय सदस्य हुँदा जिसीले संस्थाको सांगठानिक कामलाई थप व्यवस्थित बनाउन सफल भएका थिए । जिसीको उम्मेदवारीको चर्चाले यातयात महासंघको महाधिवेशन तरगित भएको छ् । ‘मैले यातयात माफियाहरुका विरुद्ध उम्मेदवारी दिएको हुँ उनले भने,‘संस्थामा बसेर काम गरेरका संस्थालाई उज्यालो तर्फ लैजानेहरुको सल्लाह र जोडका कारण महासचिवमा पदमा उम्मेदवारी दिने योजना बनाएको हुँ,’ । संस्थालाई भष्ट्राचार मुक्त बनाउन नै उम्मेदवारी हो,’।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप–महासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह(कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here