संजय रेग्मी
माघ १८, २०७४

पर्वत : बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीकी २२ बर्षिया कमला शर्माको पर्वतको बिहादी गाउँपालिका वडा नं २ का बिक्रम भन्ने प्रदिप पराजुलीले गरेको ठहर भएको छ।

पराजुलीलाई प्रहरीले शंकाको आधारमा पक्राउ गरी अनुसन्धान गरेको थियो। अनुषन्धानको क्रममा प्रदिपले गुल्मीको कालीगण्डकी गाउापालिका वडा नं ६ साबिकको खड्गकोट गाबिसको देउते बगर बरल्बा मुनि रहेको गुल्मी र पर्वत जोड्ने झोलुङगे पुल नजिकै घाँटीमा गुलाबी रङको चुङ्गीले कसी कमलाको हत्या गरी कालीगण्डकीमा फालेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बरेङडाँडाका ईन्चार्ज प्रहरी नायब निरीक्षक दान बहादुर केसीले जानकारी दिँदै भने, ‘उसले किन हत्या गरेको हो? भन्ने कुरा सोधपुछकै क्रममा छ। उसले आँपूmले कहाँ र कसरी कमलाको हत्या गरेको भन्ने सबै हामीलाई बताएको छ। उसले अपराध स्वीकार गरीसक्यो।’

मृतक कमलाको घर र आफन्तहरु पनि बागलुङ भएका कारण, घट्ना घटाईएको स्थल र शव फेला परेको स्थान भने गुल्मी भएपनि जिल्ला प्रहरी कार्यलय गुल्मीले घट्नाको प्रारम्भिक अनुषन्धानपछि शवलाई पोस्टमार्टमको लागी बुधबार राति नै धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाएको थियो।

गएको माघ ५ गतेदेखी सम्पर्कबिहीन बनेकी कमलाको शव माघ १७ गते बुधबार बिहान ९ बजे गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ४ घुमाउनीघाटको गौंदीखोलामा फेला परेको थियो।

मृतकका बाबु भूमिराज शर्माले छोरी हराएको भन्दै छिस्ती प्रहरी चौकीमा उजुरी दर्ता गराए पछि ईलाका प्रहरी कार्यलय बरेङडाँडाले खोजी कार्य सुरु गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here