पर्वत, १८ ।। पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा सञ्चालित जनप्रिय प्राथमिक विद्यालयकाको २८ औँ वार्षिकत्सव सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन फलेवास नगरपालिका ५ का वडा अध्यक्ष दिपक शर्मा पौडेल गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले खानीगाउँमा सञ्चालित सामुदायिक विद्यालयको भैतिक तथा शैक्षिक बृद्धिका लागि कार्ययोजना अगडी बढेको बताउनु भयो ।
कार्यक्रममा फलेवास नगरसभा सदस्य केशाकुमारी दमै, अभिभावक सृजना सुवेदी, शिक्षक राजेन्द्र पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रगतिप्रतिवेदन तथा आयव्यय विद्यालयका प्रधानाध्यापक दुर्गा सुवेदी लम्सालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पुरस्कार वितरण तथा अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
बार्षिकत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दुर्गा सुवेदी लम्सालले गर्नुभएको थियो । वि।स २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here