संजय रेग्मी
माघ १८, २०७४

पर्वत : पर्वत जिल्लालाई साक्षर जिल्ला घोषणा गरीएको छ। घोषणासंगै पर्वत मुलुकको साक्षर घोषित ४२ औं जिल्ला भएको छ।

जिल्लाका १५ देखि ६० बर्ष उमेर समूहका कुल जनसंख्यामध्ये ९६.९३ प्रतिशत नागरिकहरु साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएको हो।

जिल्ला अनौपचारिक शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयले बिहीबार आयोजना गरेको घोषणा सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदम गिरीले पर्वतलाई साक्षर जिल्ला भनी घोषणा गरेका थिए।

राष्ट्रि«य मापदण्ड तथा नेपालले बिभिन्न सन्धि सम्झौतामा साक्षर घोषणाका लागि गरेको न्यूनतम मापदण्डमा ९५ प्रतिशत जनसंख्या साक्षर अर्थात पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्षम भएमा साक्षर घोषणा गर्न सकिने प्रावधान छ ।

जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष ०७४÷०७५ मा गरेको घरधूरी सर्वेक्षण रिपोर्ट अनुसार निर्धारित उमेर समूहभित्र साक्षर पुरुषहरुको संख्या ३२ हजार ३ सय ३६ र साक्षर महिलाहरुको संख्या ४८ हजार ३ सय ४८ छ भने २४ सय ७४ जना अझै पनि निरक्षर छन।

पर्वत साक्षर जिल्ला भएको घोषणा गर्दै प्रतिनिधि सभा सदस्य गिरीले भने, ‘मानव विकास सूचकांकमा पर्वत १४ औं नम्बरमा छ, यसलाई अझै अगाडि ल्याउन साक्षरता, स्वास्थ्य, श्रम लगायतका अन्य सूचकहरुमा पनि हामीले ध्यान दिनु आवश्यक छ।’

साक्षर घोषणा समारोहमा बोल्दै जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने, ‘यो निर्धारित उमेर समूहभित्र ४ हजार १ सय ७४ जना अझैपनि निरक्षर छन। यद्यपी, पर्वतमा भने राष्ट्रिय मापदण्ड भन्दा साक्षरता प्रतिशत उच्च छ। बाँकी रहेका निरक्षरहरुलाई साक्षर बनाउन साक्षरता सम्बन्धि हाम्रा कार्यक्रमहरु जारी नै छन।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार जिल्लामा विद्यार्थीहरुले विद्यालय छाड्ने, कक्षा दोहो¥याउने दर घट्दै जानुले पनि जिल्लाको साक्षरता प्रतिशत घटाउन सहयोग गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here