१७ माघ
पर्बत, जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा ३ महिने होमस्टे पर्यटन ब्यबस्थापन तथा कन्टिनेन्टल कुक तालिम बुधबार देखि शुरू भएको छ । मोदी गाउँ पालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गरी पर्यटन उद्योगको बिकास गर्दै स्थानीयबासीहरुको आय आर्जनमा बृद्धि गर्ने उद्धेश्यका साथ सो तालिमको आयोजना गरिएको हो ।
मोदी गाउँ पालिका र भवरकोट क्षेत्र बिकास समाजको संयुक्त आयोजना तथा धौलागिरी प्राबिधिक शिक्षालय लेते मुस्ताङको प्राबिधिक सहयोगमा उक्त तालिम शुरू भएको हो । तालिम उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै मोदी गाउँ पालिकाका उपाध्यक्ष सेति महतले समग्र मोदीको पर्यटन बिकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बिचार ब्यक्त गर्नु भयो । साथै उहाँले पर्यटकीय क्षेत्रहरुको बिकासको लागि गाउँ पालिकाले प्राथमिकताका साथ काम गर्ने समेत बताउनु भयो ।
सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य दाताराम चापागाई, धौलागिरी प्राबिधिक शिक्षालयका प्रमुख खड्ग बहादुर सुब्बा, जननेत्र माबिका प्रधानाध्यापक दिपक शर्मा, सहायक प्रधानाध्यापक भुमिराज शर्मा, वडा सदस्य हिम बहादुर क्षेत्री, समाजसेवीहरु भुमिराज तिमिल्सिना, देबेन्द्र गिरी, युबराज चापागाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मोदी गाउँ पालिका वडा नं २ का अध्यक्ष बिकास तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सचिब रुद्र प्रसाद तिवारीले र सञ्चालन सूर्य प्रसाद शर्माले गर्नु भएको थियो । तीन महिना सम्म चल्ने सो तालिममा मोदी गाउँ पालिका भित्रका बिभिन्न वडा का २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।