१७ माघ
काठमाडौंमा  लायन्स क्लव अफ डिस्टीक ३२५ वि १ ले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा लायन्स क्लव अफ कूश्मा सिटि पर्वतको तर्फवाट एल सि एफ कोअर्डिनेटर मूना शर्मा लामिछाने द्धितिय हून सफल भएकी छन् ।

कलष्टर ९ अन्तरगत ३६ वटा क्लवका प्रतियोगीहरुलाई पछि पार्दै क्षेत्रिय स्तरको प्रतियोगितामा प्रथम भई केन्द्र स्तरमा भाग लिनका लागी सफल भएकी थिईन । उनि एक पछि अर्को सफलता प्राप्त गर्दै केन्द्र स्तरमा पूगेकी हुन । स्पष्ट वक्ता, लगनील र सहनशिल स्वाभका कारण पनि उनि पनि एक पछि अर्को सफलता प्राप्त गरेकी हुन् ।
केन्द्र स्तरमा भागलिने ९ जना सहभागीहरु मध्ये एक मात्र महिला प्रतियोगी रहेकी थिईन । क्षेत्रस्तर वाट छनौट भई ९ वटा क्लवका ९ जना प्रतियोगिहरुको विचमा द्धितिय हून सफल भएकी हुन ।
प्रथम स्थान लायन्स क्लव अफ क्लव विहानी काठमाडौंका प्रदिव भूसाल, तेश्रो स्थान लायन्स क्लव अफ गुल्मीका प्रकाश भूजेल र सान्तवना लायन्स क्लव अफपोखरा स्वर्णिम सिटिका भाईराजा रानामगर भएका छन् ।

महिलाहरुले मात्र संचालन गरेको लायन्स क्लव अफ कूश्मा सिटीले केन्द्रीय स्तरको वक्तीत्व कला प्रतियोगितामा द्धितिय स्थान प्राप्त गरेको यो पहिलो पटक रहेको कूरा कूश्मा सीटीका अध्यक्ष रीता के सी भण्डारीले वताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here