संजय रेग्मी
माघ १६, २०७४

पर्वत : वणिज्य मन्त्री मिन विश्वकर्माले वर्तमान सरकारले गरेका निर्णयलाई अबैध भन्न नमिल्ने बताएका छन।

पर्वत सदरमुकाममा रहेको शहीद स्मारक अंग्रेजी आवासिय माध्यमिक विद्यालयको रजत जयन्ती तथा शहीद दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले भने, ‘फुटबल खेलमा नब्बे मिनेटमा कसैले गोल गर्न सकेन, अन्तिममा ३ मिनेट समय थप भयो, एउटा खेलाडीले त्यही ३ मिनेटको अन्तिम समयमा गोल हानेर खेल जित्यो, अब त्यो गोललाई अबैध भन्नु?’

बृद्ध भत्ता लागि घटाईएको उमेर र बिरामीका लागि दिने भनिएको भत्ताको बिषयमा बोल्दै बाणिज्य मन्त्री विश्वकर्माले जसको मन छुन्छ उसैले गर्ने र आउने सरकारले यो सुबिधा दिनेमा शंका रहेका कारण सरकारले जाने बेलामै भएपनि यी निर्णय गरेको स्पष्ट पारे। नेपालीको औषत आयुका आधारमा धेरैलाई राज्यको पहुँच पुग्न सकोस भन्ने हेतुले बृद्धभत्ता वितरणमा उमेरको मापदण्डमा सरकारले हेरफेर गरेको भन्दै उनले भने, ‘बृद्ध र बिरामी जसले देख्यो, जसको मन खान्छ उसैले सहयोग गरिहाल्ने हो नी। अब आउनेको मन खाला नखाला, अबकाले यो निर्णय गर्लान नगर्लान, तर बिरामी र बृद्धको पिडाले कांग्रेसको मन छोयो र निर्णय पनि भैहाल्यो।’

अर्को प्रसंगमा मन्त्री विश्कर्माले वर्तमान सरकारले गठबन्धन भत्काउने प्रयास गरिरहेको भनेर बाम शक्तिले शंका गरेको बताउँदै कांग्रेससंग त्यो सामथ्र्य नरहेको बताए। ‘यो सरकारले हाम्रो गठबन्धन बिगारीदिन लाग्यो, यो सरकारले हाम्रो बाटो बिगारीदिन लाग्यो भन्ने बाम गठबन्धनका साथीहरुलाई लागेको छ, तर तपाईँहरु तर्छिन पर्दैन। यदि कांग्रेससंग त्यो खालको सामथ्र्य हुन्थ्यो भने माओवादी कांग्रेससंगको सरकारमा रहेका बेला माओवादीसंगै गठबन्धन पनि त गर्न सक्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here