१५ माघ

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ को दोस्रो गीत आइतबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको गीत सार्वजनिक गरेको छ ।
गीतमा झुमा लिम्बु र कालीप्रसाद बास्कोटाको स्वर रहेको छ भने गीतमा कालीप्रसादले सङ्गीत भरेका छन्।
गीतमा कालीप्रसाद र एकतारेको शब्द रहेको छ। निता ढुंगाना, राजाराम पौडेल, विजय बराल र अंकित खड्का फिचर भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ

यम थापाको लेखन/निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here