संजय रेग्मी
माघ १४, २०७४

पर्वत : अग्ला र लामा पुलको जिल्लाको रुपमा परिचित पर्वतमा चौथो अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

जिल्लाको कुश्मा नगरपालिका वडा नं. ७ खरेहाबाट कुश्मा नगरपालिका वडा नं. १० कटुवाचौपारीको अधिकारी फाँट जोड्ने गरी पुल निर्माण हुन लागेको हो ।

आगामी १८ महिना भित्रमा उक्त पुल निर्माण गरीसक्ने लक्ष्य सहित एम.के. मुक्तिनाथ निर्माण सेवा प्रा.लि.ले कामको जिम्मा लिएको छ । १ करोड ९१ लख ४ हजारको लागानीमा निर्माण हुन लागेको उक्त पुलको लम्बाई ३ सय ५९ मिटर हुने छ भने उचाई १ सय २८ मिटर रहने छ । मोदी खोलामा निर्माण हुन लागेको उक्त पुल निर्माण पश्चात त्यस क्षेत्रका झण्डै ३ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने छन ।

पर्वतमा यस अगाडी मोदी खोला माथि नै कुश्मा—ज्ञादी, बडागाउँ–मुडिकुवा र कालीगण्डकी नदीमाथि बडागाँउ—कैया जोड्ने अग्ला र लामा पुलहरु निर्माण भईसकेका छन । यी मध्ये पर्वतको कुश्मा बडागाँउ देखी बाग्लुङको बलेवा कैया जोड्ने कालीगण्डकी नदीमाथि बनेको पुल नेपालको सर्वाधिक अग्लो झोलुङ्गे पुल हो ।

यहाँ निर्माण भएका अग्ला र लामा पुलहरु हेर्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको घुईँचो नै लाग्ने गरेको छ । अग्ला र लामा पुलहरुले जिल्लाको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुगेको पर्यटन प्रर्बद्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here