संजय रेग्मी
माघ १२, २०७४

पर्वत ः नेपाल ईंग्लीस ल्याङग्वेज टिचर एसोसिएसन (नेल्टा) पर्वतको आयोजनामा मा.वि. तथा उच्च मा.वि. स्तरीय अंग्रेजी बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘वातावरणीय प्रदूषण ः हाम्रै लागि हानीकारक’ शीर्षकमा भएको प्रतियोगितामा कक्षा ९ र १० तर्पmबाट नवजागृत माध्यमिक विद्यालय तिलाहारकी निकिता पौडेल प्रथम, आदर्श अंग्रेजी आवासिय मा.वि. कुश्माका आशिष सापकोटा द्धितिय र कालीगण्डकी एकेडेमी कुश्माका मनिष परियार तृतिय भएका छन । यसै गरी कक्षा ११ र १२ तर्पm नमूना अंग्रेजी आवासिय मा.वि. कुश्माकी सबिना शर्मा प्रथम, नारायण मा.वि. कुश्माकी सम्झना लामिछाने द्धितिय र शिवालय मा.वि. कुश्माकी प्रियंका पौडेल तृतिय भएका छन ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्नेहरुलाई क्रमश नगद २ हजार, १५ सय र १ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कुश्मा शिवालय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जिल्लाभरका बिभिन्न विद्यालयका गरी १८ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको नेल्टा पर्वतका संयोजक देव शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा लामो समय सम्म अंग्रेजी शिक्षकको रुपमा रहेर सेवा गर्नुभएका पूर्व अंग्रेजी शिक्षक बसन्त सि.क. र बाबूराम सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिद्यालय निरीक्षक उद्धीमराज पौडेलले नेल्टाले अंग्रेजी माध्यममा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर विद्यार्थीको कला र ज्ञान विकासमा महत्वपूर्ण भूमिका खेलेको औंल्याउनुभयो । विद्यार्थी जीवन नै जीवनको गोरेटो तय गर्ने तह भएका कारण यही समयमा आवश्यक मिहिनेत गरेमा विद्यार्थी सफल हुन सक्ने सुझाव दिंदै प्रमुख अतिथि पौडेलले प्रतियोगितामा बिजेता बनेका विद्यार्थीहरुलाई बधाई पनि व्यक्त गर्नुभयो ।

नेल्टा पर्वतका संयोजक देव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेल्टा पर्वतका सचिब सूर्य भुषालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष नवराज शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here