१२ माघ
खुर्कोट पर्वत । नेपाली कांग्रेस कूश्मा नगर समिति वडा नं. २ खुर्कोटले कृयाशिल सदस्य तथा समाजसेवी धन वहादूर नेपालीको स्वार्गहरण भएको १० औं पूण्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेसका सकृय सदस्य समाज सेवी नेपालीको निधनले पार्टी र गाउंमा अपूरणीय क्षेती पूगेको श्रद्धान्जली सभाका वक्ताहरुले वताएका छन् ।
उक्त श्रद्धान्जली सभाकोे प्रमूख अतिथि नेपाली कांगे्रस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञाशूले स्वर्गिय धन वहादूर नेपालीले समाज र पार्टिमा पु-याएको योगदानका वारेका चर्चा गरेकी थिईन ।

श्राद्धान्जली सभामा शोक मन्तव्य ब्यक्त गर्नेहरु कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोला, पूर्व जिल्ला कार्य समिति सदस्य द्रोण राज उपाध्याय,गूप्तनिधि शर्मा,शिक्षक संघका जिल्ला उपाध्यक्ष राधा कूमारी शर्मा लगायत रहेका थिए । परिवारका सदस्य कृष्ण वहादूर नेपालीले दुखमा साथ दिने सवै शूभचिन्तक तथा सुवेक्षकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । स्वार्गीय नेपालीको ८४ वर्षको उमेरमा ३ गते निधन भएको थियो, उहांले नेपाली काग्रेसको खुर्कोट गाउ ईकाईको विभिन्न पदमा रहेर काम गर्नु भएको थियो ।

उक्त शोक सभाको अध्यक्षता नेपाली कांग्रेस कूश्मा नगर समिति वडा नं. २ खुर्कोटका संयोजक कालिभक्त शर्माको अध्यक्षता र कार्यक्रम संचालन सन्तोष वि.क.ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here