१२ माघ

अमेरिका । अमेरिकी संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको छ ।

मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यो योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्र्र्याट सांसदसँग छलफल गर्ने भएको छ ।

सोमबार ल्याउन लागिएको विधेयकमा मेक्सिकोको सीमामा पर्खाल लगाउन २५ बिलियन डलर माग गरिने ह्वाइटहाउसका नीतिप्रमुख स्टीफन मिलरले रिपब्लिकन सांसदसँगको सामूहिक टेलिफोन वार्तामा जानकारी दिएका हुन् ।

अमेरिकी संसद यो रकम दिन सहमत भएमा १८ लाख व्यक्तिलाई १० देखि १२ वर्षभित्रमा नागरिकता प्रदान गरिने बताइएको छ । यद्यपि, डेमोक्र्र्याट सांसदहरु यो योजनाको विपक्षमा देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here