१२ माघ

बलिउड अभिनेत्री प्रियंका चोपडालाई एक पुरुषले न्युयोर्कको सडकमै चुम्बन गरेको तस्बिर अहिले इन्टरनेटमा भाइरल बनेको छ ।

प्रियंकालाई कसले र किन चुम्बन गर्‍यो ? यसको पछाडिको अर्थ सामान्य छ । यो सुटिङको एउटा दृश्य हो । हलिउड सिरियल क्वान्टिको ३ का लागि सो दृश्य खिचिएको हो । तस्बिरमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेको देखिन्छ ।

एजेन्सीहरूका अनुसार क्वान्टिको ३मा प्रियंका निकै बोल्ड देखिनेछिन् । क्वान्टिकोको पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२–२२ शृंखला प्रदर्शन भएको थियो । तेस्रो शृंखला भने जम्मा १३ भागको हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here