११ माघ
पर्वत । मोदी गाउँपालिकाका ४ वडा आज पूर्णसाक्षर घोषणा भएका छन् । यो सँगै पर्वत जिल्लाका ६१ वडा पूर्ण साक्षर घोषणा भएका हुन् । मोदी गाउँपालिकाका वडा १,५, ६ र ७ पूर्ण साक्षर भएका हुन् । विहिबार पुर्ण साक्षर गाउँपालिका घोषणा गर्दै प्रदेशसभा क का सांसद नेत्रनाथ अधिकारीले जिल्ला पुर्ण साक्षर हुन लागेकोमा खुसि व्यक्त गरे ।

पर्वत पनि अब ४२ औ पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा हुने अन्तिम तयारीमा पूगेको छ ।

व्यवहारीक शिक्षामा अब स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा अधिकारीको जोड थियो । राज्यको पुर्नसंरचना अनुसार देशमा स्थानीय तह निर्माण भएको छ । अब स्थानीय आवश्यकता अनुसारको व्यवहारिक र शिपमुलक शिक्षामा जोड दिनुपर्छ उनले भने ।
कोरा ज्ञान प्राप्त गरेर डिग्री पासका सटिफिकेट हातमा राखेरमात्रै शिक्षा प्राप्त गरेको हुन नसक्ने बताउँदै अधिकारीले व्यवहारी शिक्षामा लगानी गर्नुपर्नेमा बताए । अब शिक्षा पद्दतीनै परिर्वतन गर्नुपर्छ, स्थानीय तहको आवश्यकता अनुसार राज्यले दिएको अधिकारको सदुपयोग गरेर सोही अनुसारको शिक्षाप्रणाली बनाउनुपर्छ तब मात्रै स्वरोजगारको ग्यारेण्टी हुन सक्छ ,उनले भने ।

अधिकारीले व्यवहारीक र सिप मुलक शिक्षा पं्राणालीको विकास गर्न र सोही अनुसार कार्यान्वयन गर्न सकेमा मात्रै स्थानीयमानै युवावर्ग स्वरोजगार हुने भन्दै त्यसको लागि सवै एक जुट हुनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल लगायतले बोलेका थिए । पर्वत जिल्ला यहि माघ १८ गते पुर्ण साक्षर जिल्ला घोषणा हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here