११ माघ

साजन परियार

फलेवास, पर्वत ।

 

जिन्दागीमा तिम्रो अभाव कहिल्यै भएन । साथमा तिमी थिएनौ तर, तिम्रो यादले कहिल्यै साथ छोडेन । सायद तिम्री जस्तै निष्ठुरी याद भएको भए म कसरी बाँच्थे होला यो म कल्पना पनि गर्ने सक्दिन ।

जानु !

जानु जुन दिन तिम्रो र मेरो भेट भो त्यो दिन मेरो जिवनको सबै भन्दा महत्वपूर्ण दिन थियो । तिमी सँग भेट भएको दिन देखी मैले कहिल्यै आफुलाई एक्लो ठानिन् । तिमी साथमा नभएपनि तिम्रो यादले कहिल्यै साथ छोडेन । घडीको सुई जति जति लम्किरहँन्थ्यो, सुर्यको किरण विस्तारै मधुरो हुन्र्थो त्येतिबेला तिम्रो यादले घोचिरहन्थ्र्यो । मैले दिनहरु त जसोतसो विताउँथे तर, तिम्रो यादमा रातहरु क्टाउन मलाइृ फलामका चिउरा चबाउनु सरह हुन्थ्र्यो । तिम्रो यादमा म कयौ रात चिच्याए बिताएको छु । तिमीलाई सम्झिएर रातमा बर्वराएको छु । तिम्रो यादलाई भुल्न कयौ रातहरु मैले भट्टिमा बिताएको छु । कहिले रक्सीको गिलास सँगै तिम्रो याद भुलाएको छु । कहिले चुरोटको धुवाँ सँगै तिम्रो यादलाई मिलाएको छु । अव त यस्तो लाग्न थाल्यो  तिमीलाई भुल्न यो संसार छोड्नुु पर्छ होला । तिमीलाई बिर्सन स्मरण शक्ति गुमाउनु पर्छ होला । मलाई तिमीले छोडेर गएकोमा यति चिन्ता छैन । बस् यत्ति चिन्ता छ । तिम्रो यादलाई कसरी भुल्यौ ।

तिम्रो यादमा कयौ रात चिच्याए बिताएको छु तिमीलाई सम्झिएर रातमा बर्वराएको छु तिम्रो यादलाई भुल्न कयौ रातहरु मैले भट्टिमा बिताएको छु कहिले रक्सीको गिलास सँगै तिम्रो याद भुलाएको छु कहिले चुरोटको धुवाँ सँगै तिम्रो यादलाई मिलाएको छु

जानु ! तिमीलाई मेरोे याद आउँछ आउँदैन मलाई थाहा छैन । तर, तिम्रो याद दिनमा सयौ र रातमा हजारौ गुणले बढ्दै गएको छ । दिनप्रति दिन तिम्रो यादले मलाई सताईरहेको छ । तर, मलाई जति तिम्रो यादले सताएको छ । त्यति तिमीलाई मेरो यादले नसतायोस् । म कामना गर्छु । कसैको यादमा बाँच्न कति गाह्रो हुँदो रैछ । मैले आज बुझेको छु । हिजो अस्ती पानी विनाको माछा छट्पटिरहेको देख्दा रमाईलो लाग्थ्यो । कोईली चरी बनमा कराउँदा आनन्द आउँथ्यो । विगान्त कथा सुन्दा र पढ्दा नाटक लाग्थ्यो । तर आज तिम्रो यादमा लेखेका कथा, कविता गजल र गितहरुले मेरो कोठा बागमती नदिको किनार जस्तै भएको छ । खाली बोत्तल र सिसिहरुले कबड्किो सामान राख्ने थलो भएको छ । चुरोट र खरानीले धुलोले आर्यघाट जस्तो भएको छ ।

जानु ! तिमीले यो पत्र अवश्य पढ्नु । र मायामा कति पिडा हुन्छ बुझ्ने प्रयास गर्नु । हुन त हिजो मलाई यस्तो विगान्त पत्र पढ्दा नाटक लाग्थ्यो । तर, तिमीले यसलाई नाटक नसोच्नु यो मेरो यार्थता र वास्तविक पीडा हो । मैले तिमी विनाको जिन्दागी यति पीडादायी होला भनेर सोचेको पनि थिईन । आज मैले बल्ल बुझ्दै छु माया के हो ? पीडा के हो भनेर ।

तिमीलाई मैले कति माया गर्थे त्यो तिमीलाई राम्रो सँग थाहा थियो । तिमी विना एक पल पनि बाँच्न नसक्ने मान्छे आज कसरी बाँचेको होला तिमी कल्पना पनि गर्ने सक्दिनौ । सायद तिमीलाई मेरो नाम सुन्दा पनि रिस उठ्छ होला । तर मलाई तिम्रो नाम सँग कसैको नाम सँग मिल्यो भने पनि तिमी भएको आभाष हुन्छ । म तिमिलाई सधै खुशी देख्न चाहान्छु । तिम्रो ओठ सँधै मुस्कुराएको हेर्न चाहान्छु । तिम्रो जिवन साथीलाई सधै राम्रो भएको हेर्न चाहान्छु । तिम्रो बाबु नानीको दिर्घयुको कामना गर्ने चाहान्छु । तिम्रो सधै रंगिन दुनियाँ होस् म भगवान् सँग प्राथना गर्छु । तिम्रो सँधै जय होस् म  यहि हेर्न चाहान्छु ।

तिमीलाई मैले कति माया गर्थे त्यो तिमीलाई राम्रो सँग थाहा थियो तिमी विना एक पल पनि बाँच्न नसक्ने मान्छे आज कसरी बाँचेको होला तिमी कल्पना पनि गर्ने सक्दिनौ

 

जानु  ! विगतमा तिमीलाई माया गर्ने क्रममा मवाट धेरै गल्ती भएको होला । मैले तिम्रो भावना बुझ्न सकिन होला । कुनै दिन तिम्रो मन दुखाएको हुन सक्छु । तिमीले भनेको बाटो  भन्दा विपरित बाटो हिँडेको हुन सक्छु । मलाई माफ गरिदेउ । मिल्छ भने एक पटक भेट भएर माफि माग्ने वातावरण मिलाईदिए म यो दिलवाट तिम्रो नाम सदाका लागि हटाईदिने थिए । गल्ती भए माफ पाउँ

उही तिमीलाई सधै माया गर्ने तिम्रो यादमा पागल हुने प्रेमी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here