१० माघ

पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ९३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ । पर्वतमा ७८ हजार २ सय १० जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ हुन्छ ।
जिल्लाको १५ देखि ६० बर्ष समुहको कुल जनसंख्या ८० हजार ६ सय ८४ मध्ये ७८ हजार २ सय १० जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय पर्वतको तथ्याङ्कले देखाएको छ ।

जसअनुसार ३२ हजार ३ सय ३६ पुरुषमध्ये ३१ हजार ५ सय पुरुष र ४८ हजार ३ सय ४८ महिलामध्ये ४६ हजार ७ सय १० महिला साक्षर भएको तथ्याङकमा उल्लेख छ । तथ्याङकका अनुसार जिल्लामा अझै पनि २ हजार ४ सय ७४ जना निरक्षर रहेको देखिएको छ ।
साक्षर जिल्ला घोषणा गर्नको लागि ९५ प्रतिशत पुरा भए हुने भएका कारण पनि जिल्लामा २ हजारभन्दा बढी निरक्षर हुदाहुदै पनि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । प्रदेश ४ का ११ जिल्लामध्ये पर्वत जिल्ला मात्रै पूर्ण साक्षर जिल्ला घोेषणा हुन बाँकी छ ।

माघ १८भित्र अन्य जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा नभए पर्वत जिल्ला ४२ औ पूर्ण साक्षर जिल्ला घोषणा हुनेछ । जेठ महिनाभित्रै जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भनिएता पनि विभिन्न कारणले गर्दा हुन नसकेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।
पुर्ण साक्षर जिल्ला घोषणा गर्नको लागि आवश्यक कामहरु भैराखेको शिक्षा कार्यालयले जनाएको छ ।

सो दिनको तयारीको लागि १० समुहमा विभाजन गरी कामको जिम्मेवारी बाँडफाँड समेत भएको छ । पूर्ण साक्षर वडा घोषणा नभएकाहरुलाई धमाधम घोषणा गरिदैछ । आज कूश्मा नगरपालिका वडा ठूलिपोखरी पूर्णसाक्षर घोषणा हूदेछ ।
मोदी गाउँपालिकाका ४ वडा एकै साथ पूर्ण साक्षर घोषणा हुदैछन् । यो सँगै जिल्लाका ६१ वडा पूर्ण साक्षर वडा घोषित हुनेछन् ।
जिल्ललाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्ययोजनामा अघिल्लो आव।मा राखेता पनि विभिन्न तयारी नपूगेका कारण घोषणा गर्न सकिएको थिएन । यस आ।व।मा भने सवै तयारी भएकाले घोषणाको अन्तिम तयारीमा पूगेको हो ।
जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा सोमवार भएको वैठकले यहि माघ १८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय गर्दै विभिन्न १० वटा उप समिति गठन गरेको छ । मूल घोषणा समतिको वैठकले गरेको निर्णय अनूसार स्वागत तथा अतिथि सत्कार समितिमा जिल्ला शिक्षा अधिकारी संयोजक,प्रचारप्रसार पत्रकार महासंघका अधयक्ष छविलिला तिवारी,-याली तथा खाजा यवस्थापन प्याव्सन र्पतका अधयक्ष वसन्त कूमार कर्माचार्य,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ लगायत, गैरसरकारी संस्थाहरु,सांस्कृतिक समितिमा झक प्रसाद गौतम लगायतका उप समितिहरु कृयाशिल रहेका छन् । उक्त दिन चर्चित स्थानिय लोकगायक हरुको प्रस्तूति समेत रहने छ । उक्त दिन ९याली सहित प्रभात फेरी गरेर वान्द्रवुडीको खुला मन्चमा घोषणा कार्यक्रम गरिने कूरा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here