संजय रेग्मी
माघ ९, २०७४

पर्वत ः जिल्ला प्रहरी कार्यालय पर्वतले चोरी भएको नगद पैसा र मोबाईल सहित बालकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी वारी बेनीबाट प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटीएको प्रहरीको गस्ती टोलीले ११ बर्षिय रोशन दमैमाथि शंकाको आधारमा चेकजाँच गर्दा नगद एक लाख बीस हजार रुपैयाँ सहित सामसुङ जे सेभेन मोबाईल पक्राउ गरेको हो।

दमै जिल्लाको जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीका बासिन्दा हुन।

उनको साथबाट भेटीएको नगद र मोबाईलबारे अनुषन्धान गर्दा नगद र मोबाईल जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीकै बिक्रम सुवेदीको पसलबाट चोरी भएको र बरामद रकम र मोबाईल आज नै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले सुवेदीलाई हस्तान्त्रण गरेका छन।

चोरीमा संलग्न बालकलाई भने अब आईन्दा यस्ता कार्यमा नलाग्न सम्झाई बुझाई अभिभावकको जिम्मा लगाईएको पनि प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए।

६ सय लिटर मदीरा नष्ट

जिल्लाको फलेवास नगरपालिकामा प्रहरीले ६ सय लिटर मदिरा वरामद गरी नष्ट गरेको छ।

नगरपालीकाको वडा नं. ४ मुडिकुवा, वडा नं. ५ खानीगाउँ र वडा नं. ६ देविस्थानबाट उक्त परिमाणको घरेलु मदीरा नियन्त्रणमा लिएर नष्ट पारीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

सामाजिक विकृति न्यूनिकरण कार्यक्रम सञ्चालन गरीरहेको फलेवासको राहाले प्रहरी चौकीले स्थानिय जनप्रतिनिधिको रोहबरमा मदिरा बनाउन प्रगोग हुने परिमाणको मर्चा सहित मदिरा बरामद गरी नष्ट पारेको हो।
प्रहरीको सहयोगमा फलेवासका स्थानीय आमा समूह, महिला सन्जाल, नागरिक सचेतना केन्द्र लगायत अन्य सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा मदिरा निषेधित अभियान चलाउँदै आएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here