९ माघ
काठमाडौं ।  कलाकार राष्ट्रका गहना हुन, कलाकारहरुले मुलुकको प्रतिनिधित्व समेत गर्ने गर्दछन र कलाकारहरुले आफ्नो मनोरन्जनात्मक प्रस्तुति, शिप कला प्रस्तुत गरेर आम दर्शक श्रोताहरुलाई मनोरन्जन दिने गर्दछन् ।

अझ विदेशमा बस्ने नेपालीहरुले बेला बेलामा सास्कृतिक कार्यक्रमहरु आयोजना गर्ने भएकोले कलाकारहरु तथा देशलाई नै फाइदा पुग्ने गरेको छ । तर यस्तै बीच बेला बेलामा हुने कलाकार प्रति आयोजकहरुले राख्ने कुदृष्टि र नराम्रो कुकृत्यले गर्दा कति कार्यक्रमहरुको, कलाकारहरुको तथा आयोजकहरुको बेईजत हुने गरेको पाइन्छ ।

अझ भन्दा कलाकारहरुलाई खेलाउन सम्झिने कुनै बिशेष आयोजकको कारणले गर्दा सम्पूर्ण कार्यक्रम आयोजकहरु तथा कलाकारहरु समेतलाई सोच्न बाध्य तुल्याएको छ ।

यस्तै मलेसियामा ‘युनिक धमाका ७’ नाम दिएर हुन गईरहेको कार्यक्रममा आयोजकबाट पीडित र सेक्स ह्यारेस्मेण्ट भएको कुरा मोडल प्रमिला न्यौपानेले आफ्नो फेसबुक मार्फत खुलासा गरेकी छिन ।

आयोजकले आफुसंग कार्यक्रमको बारेमा कुरा गरेर पोस्टर समेत प्रकाशन गरेको तर आयोजक मध्ये दुई जनाले सेक्सको लागि प्रस्ताब राखे पछि मोडल प्रमिला न्यौपानेले उक्त प्रस्ताब अस्विकार गरे पछि कार्यक्रम आयोजकले आफ्नो फोटो पोस्टरबाट हटाएर अर्को नै मोडलको फोटोलाई पोस्टरमा राखेको कारणले गर्दा बाध्य भएर तथा आयोजकहरुको कलाकारहरुलाई हेर्ने कुदृष्टि, अन्याय तथा अत्याचार बिरुद्ध आफुले आवाज उठाउनु परेको बताउछिन ।

कार्यक्रममा लाग्दा तथा मैले सपोर्ट गर्दा मलाइ के फाईदा हुन्छ भनि कार्यक्रम आयोजकले भन्दै सेक्स पर्पोस गरेको कुरा उनले ‘युनिक धमाका ७’ का आयोजकको नामनै किटान गरेर बताएकी छिन ।

कतिपय छाडापन भएका कलाकार, कुदृष्टि राख्ने आयोजकले गर्दा सम्पूर्ण सिनेजगत अर्थात मिडिया क्षेत्र बदनाम हुँदै गईरहेको छ । तसर्थ पनि यस्ता कलाकार र आयोजकहरुलाई संचार माध्यमबाट तथा कानुनी माध्यामबाट नाङ्गेझार पारेर नंग्याउनु पर्ने आबश्यकता भएको छ ।

पीडित मोडल प्रमिला भन्छिन् जब उनले आफ्नो फेसबुक मार्फत उक्त कुराको पर्दाफास गरिन तत्पश्चात आयोजकहरुले धम्की समेत दिन थालेको दुःखेसो उनी पोख्छिन ।

सत्य तथ्य कुरा बाहिर आएर दोषीलाई कारबाही गर्नु पर्ने र कलाकार होस् या आयोजक होस् कसैले पनि यस्तो कार्यहरु भविष्यमा नदोहर्याउन भन्नको लागि सबैजना सजक रहनु पर्ने आबस्यकता रहेको छ ।

–न्यूज अभियानबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here