९ माघ

रौतहटः धुर्मुस—सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरमा बाढीपीडितका लागि बनाइरहेको चौथौ एकीकृत नमुना सन्तपुर बस्ती सुन्दर शहर जस्तै देखिन थालेको छ ।

व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लव घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनिरहेका छन् ।

निर्माणको अन्तिम चरणमा रहेको यो नमुना बस्ती तराई–मधेसको पर्यटकीय गणतव्य समेत बन्ने सम्भावना देखिएको छ । पाँच करोंड ९५ लाखको अनुमानित लागतमा निर्माण सुरु गरिएकोे बस्तीका लागि अझै एक करोड ३० लाख रुपैयाँ भन्दा बढी अपुग रहेको फाउण्डेसनले जनाएको छ । अन्नपूर्ण पोष्ट अनलाईन वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here