९ माघ

रक्तदान जिवनदान ” को नारा सहित विश्व साइकल यात्रामा निस्केका झापा कन्काई नगरपालिका ७ निबासी युवराज मैनाली र पर्वत पाङग्राङ ४ का भेष वहादुर कडेंल एसिया तथा युरोपका विभिन्न देशहरु भारत ,श्रीलंका ,मालदिव्स ,इन्डोनेसिया ,जापान ,जर्मन ,इटाली ,पोल्याण्ड , अस्ट्रेलिया लगायत ४२ राष्ट्रको भ्रमण सकाएर अमेरिका पुगेका छन्। यी दुई साहशिक युवा केहि बर्ष अघि नेपाल मा गएको विनाशकारी भूकम्पमा घाइतेको उपचारमा रगतको चरम अभाव देखेपछि रगतदान जीवनदान उत्प्रेणा जगाउदै नेपालका विभिन्न ठाऊँमा जनचेतनाका कार्यक्रम गर्दै आफ्नो विश्व साईकल यात्रा थालनी गरेका थिए ।

नेपालमा मात्र नभई विश्वमा जहा जतिसुकै बेला प्राकृतिक बिपत आउन सक्ने भएकाले रगत जस्तो महत्वपुर्ण कुरामा सजक रहनु पर्ने भन्दै संसार भरिनै रगतको अभाबमा कसैले पनि अकालमा जिवन गुमाउनु नपरोस भन्दै यो साइकल यात्रामा निस्केको मैनालीले बताउनु भयो । तेसै गरि नेपालमा धेरै जसो मानिसमा रक्तदान गरेपछि कम्जोर भईन्छ कि भन्ने मानसिकता ब्याप्त रहेको छ, यहि सोचाईलाई बदल्न साईकल यात्रा गरेको अर्का यात्री कंडेलले बताउनु भयो । रक्तदान जीवनदानको साथ-साथै भुकम्प पछाडि नेपालको पर्यटन व्यवसायमा आएको कमिलाई टेवा पुर्याउने हेतुले बिश्वलाई नेपाल घुम्ने निम्तो दिदै यात्रा गर्नुभएका मैनाली र कडेलले नेपालका केहि धार्मिक ,पुराताव्विक तथा साँस्कृतिक सम्पदामा क्षेति भएता पनि हाल कुनै पनि जोखिममा नरहेकोले निर्धक्क नेपाल भ्रमणको लागि संसार भरका पर्यटक हरुलाई आह्वान गर्दै यात्रा गरिरहेको बताउनु भयो ।

२०७२ बैशाखमा आएको बिनाशकारी महाभूकम्प र यसले निम्त्याएको रगतको अभावको अन्त्य गर्ने उदेस्यले सुरु गरिएको यो यात्रा देश तथा विदेशका विभिन्न स्थानमा रक्तदानको लागि प्रेरणाको श्रोतको रुपमा काम गरेरी रहेको छ । “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ सुरु गरिएको उक्त कार्यक्रम मार्फत हरेक मानव जाती विच सहकार्य, सद्भाव एवं भाईचाराको समन्ध हुनुपर्ने कुरामा जोड दिएको छ । नेपाल र नेपालीलाई विस्वसामु चिनाउने, बुद्द तथा सगरमाथाको बारेमा प्रचार-प्रसार गर्ने, पर्यटन प्रबर्धनमा सहयोग पुर्याउने जस्ता काम गर्न मैनालीको अगुवाईमा बिश्व साइकल यात्राको सुरुवात भएको हो ।

आउँदो ५ बर्षमा १५० भन्दा बढी देसमा साईकल यात्रा गर्ने लक्ष्य राखेका मैनालीको हरेक देसमा गौतम बुद्द र सगरमाथाको बारेमा उजागार गर्ने योजना समेत रहेको छ । नेपाल गरिव र कमजोरदेश भएपनि आत्मिक रुपमा धनी छ भन्ने संदेश नेपालले नेपालीलाई मात्रै नभई संसारका सबै जातिलाई माया गर्छ भन्ने संदेश दिन पनि विश्व साइकल यात्रा प्रेरक बन्ने उहाहरुले बताउनुभएको छ। जुनुकै समयमा पनि संसारको कुनै पनिदेशमा प्राकृतिक बिपती आउन सक्ने भएकाले उक्त समयमा रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर आफुले रत्तलदान नै जीवनदान हो भनेर साइकल मार्फत सन्देश लिएर हिडेको बताए ।

यात्रामा संसारलाई नेपालको पहिचान र नेपालीहरुको साहसीककार्य स्मरण गराउनु पनि मुख्य उद्धेश्य रहेको उनको भनाई छ । पछिल्लो समय देशमा देखिएको संकटलाई समाधान गर्नका लागी नेपालीले सक्छन भन्ने सन्देश दिन पनि साइकल यात्रा फदायी हुने उहाँहरुले बताउनुभएको छ।

लामो समयपछि नेपाल र नेपालीले पाएको नयाँ सबिधान अब सबै मिलेर कार्यानयन गराउन तर्फ जनदबाब दिनुपर्ने उनको भनाई छ । विदेशमा रहेका नेपालीले पनि नेपालमा भएको घटनालाई नियाल्दै नेताहरुलाई खबरदारी गर्न पनि जागरुक बनाउनु आफ्नो साइकल यात्राको मुख्य उद्धेश्य रहेको मैनालीले बताए । उनले दलगत सोच र जातीबादीबाट माथि उठेर राष्ट्र र राष्ट्रियताको विषयमा सबैले एक पटक सोच्नु पर्ने उनको भनाई छ । समाजमा कुनै पनि राम्रो काम गरेर पनि सकारात्मक सन्देश दिन सकिन्छ भन्ने उद्धेश्यले आफुले साइकल यात्रा सुरु गरेको उनले बताए । उहाँरुले साइकल यात्राको क्रममा आफुले नेपालको बारेमा जनचेतना फैल्याउने काम गरेको बताए । बुद्धको देश नेपाल,सगरमाथाको देश नेपाल, स्वतन्त्रराष्ट्र नेपाल, हिमाल–पहाड–तराई मिलेर बसेको देश नेपाल, विभिन संस्कृति भएको देश नेपाल भन्ने सन्देश विदेशीहरुलाई दिएर नेपाल भ्रमणको निम्तो समेत दिने गरेको मैनाली र कडेले बताए ।

उनीहरुले अबको यात्रा भनेको अमेरिका क्यानाडा रहेका अन्य देशहरुमा हुने जानकारी समेत दिएका छन् । विदेशमा बसेर पनि नेपालका निम्ति केही गर्न त्यहाँका नेपालीलाई झक्झक्याउन आफुले पहल गर्ने उहाहरुले जानकारी दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here