८ माघ

दाङः रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा चार यात्रुको ज्यान गएको छ ।

रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप २१ जना घाइते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ । घाइतेको अहिले श्रीनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । लुमाह प्रहरीका अनुसार चारजनाको घटनास्थलमै मृत्युका दुईको सनाखत भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम मुसीकोटकी पुष्पा खड्का केसी, सल्यान बाघचौरकी छन्चरी विक र भीमबहादुर खड्का रहेका छन् । अन्य एकजनाको सनाखत हुन सकेको छैन ।

प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई उपचारको लागि सल्यान र नेपालगन्ज पठाइरहेको छ। शव संकलन भइरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here