८ माघ

काठमाडौं । गत वर्षको एउटा संयोग खुवै मिलेको थियो –राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला । कुनै पनि महिला ती तीनवटै पदमा नपुगेको अवस्थामा एकैपटक तीनै पद ओगटे ।

यो कीर्तिमान अब फेरि रचिन वर्षौं लाग्नेछ । हुन पनि सक्नेछ, नहुन पनि सक्नेछ । यसर्थ राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाशीध सुशीला कार्कीले कीर्तिमान रचे ।

अब प्रदेश नम्बर ३ मा त्यो संयोग जुर्ने लगभग पक्का छ । मुख्य तीन पदमा महिला । यो संयोग अरु प्रदेशमा जुर्ने सम्भावना नै छैन ।

प्रदेश ३ मा राष्ट्रपति, प्रदेश प्रमुख र मुख्यमन्त्री तीनै जना महिला हुनेमा शंका कमै छ । लगभग पक्का छ ।

राष्ट्रपति विद्यादेवी छँदैछिन् । प्रदेश प्रमुखमा एकमात्र महिला प्रमुख तोकिएकी अनुराधा कोइराला छँदैछिन् ।

अब हुन बाँकी मुख्य मन्त्री महिला हो । त्यसमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगभग पक्का नै रहेकी छिन् ।

उनलाई मुख्यमन्त्रीकै पद दिनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रदेश सांसदमा उठाइएको थियो ।

एमालेभित्र प्रदेश मुख्य मन्त्रीका प्रत्यासी आधा दर्जन छन् । तिनीहरुमा पशुपति चौलागाईंले स्पष्ट धारणा राखेका छन्, ‘अष्ट्रलक्ष्मी शाक्य ज्यू अगाडि सर्नुभयो भने मैले पछाडि रहनै पर्छ होइन भने म पनि प्रमुख दावेदार ।’

यसबाट स्पष्ट हुन्छ कि राजेन्द्रप्रसाद पाण्डेदेखि केसव स्थापित अनि सानु श्रेष्ठसम्मले मुख्य मन्त्रीका लागि गरेका प्रचारबाजी मित्थ्या हुन् ।

अष्ट्रलक्ष्मीले कहीं कतै प्रचारबाजी गरेकी छैनिन् । किनकि उनी चुनाव लडेकै मुख्य मन्त्रीका लागि ।

सम्भवतः कांग्रेस नेतृत्वको सरकारले पनि अष्ट्रलक्ष्मी हुने संकेत पाएरै हुन सक्छ प्रदेश प्रमुख पनि क्षेत्र नम्बर ३ मा अनुराधालाई नै बनाएको ।

यो संयोगलाई सहीमा परिणत भएको देख्न अब धेरै समय पक्कै कुर्नुपर्ने छैन । हाम्राक्ररावाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here