६ माघ
बलिउडमा सुपरहिरो नामले पनि चिनिने ऋतिक रोशनको बिहेको चर्चा भारतीय मिडियाहरुमा चल्न थालेको छ।
ऋतिकले आफ्नै पूर्व पत्नीसँग बिहे गर्न लागेको समाचारले बलिउड तातेको छ। केहि बर्षअघि ऋतिक र सुजैन खानको सम्बन्धविच्छेद भएको थियो।
सम्वन्धविच्छेद पछि पनि ऋतिक र सुजैन धेरै ठाउँमा सँगै देखिएका थिए। सुजैनले ऋतिक रोशन विवादमा पर्दा समेत उनको पक्षमा उभिने गरेकी छिन्। केहि दिनअघि उनको जन्मदिनमा सुजैनले तिमी मेरो जिवनको सधैँ उज्यालो बनेर रहनेछौं भनेर ट्विट गर्दैं ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी थिइन्।
ऋतिक र सुजैन नजिक हुन थालेका छन्,उनीहरु बिच सम्बन्धको दुरी घट्न थालेको छ। चाँडै नै ऋतिक र सुजैन पुन:बिबाह बन्धनमा बाधिने छन्। एक अंग्रेजी वेभसाइटले लेखेको छ।
ऋतिक र सुजैनको नजिकका एक साथीले उक्त वेभसाइटलाई बताए अनुसार उनीहरु दुई बिच बिहेको बारेमा कुराकानी भइरहेको छ।आफ्ना बच्चाहरुको लागी ऋतिक र सुजैन एक हुने उनीहरुका साथीले खुलासा गरेका छन्।