५ माघ
पर्वत। क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।
अधिवेशनले अन्नपुर्ण पोष्टका पर्वत संवाददाता माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रेडियो दिदीबहीनीका विष्णु गौतम, सचिबमा कालीगण्डकी टिभीकी शान्ति सुवेदी सहसचिबमा रेडियो शालिग्रामकी संगिता केसी र कोषाध्यक्षमा रेडियो कुशुमकी सोनु राना चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मुना शर्मा लामिछाने, रञ्जना खत्री क्षेत्री, मिना पराजुली, सृजना शर्मा, सन्तोषी केसी, दुर्गा शर्मा, रिता थापा, लिबियाना चौहान, हुमा पुन र शिला पाण्डे चयन भएका छन् ।
नवनिर्वाचित समितिले जिल्लाको समग्र पत्रकारिताको विकासका निम्ति सक्रिय हुने जनाएको छ । त्यस्तै महिलाहरुको पेशागत सुरक्षाका लागि पनि समितिले पहल गर्ने अध्यक्ष अधिकारीले बताईन ।