५ माघ

काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुख तोकेसँगै प्रशासनिक जिम्मेवारीमा पनि हेरफेर गर्न लागेको छ । सरकारले पुरानै ढाँचामा चलिरहेको प्रशासनिक संरचनालाई हेरफेर गर्न लागेको हो । साविकका पाँच विकासक्षेत्रमा विशिष्ट श्रेणीका कर्मचारीको नेतृत्व छ ।

अहिले क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मिराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराम पौडेल क्षेत्रीय प्रशासकका रुपमा छन् ।

सरकारले प्रदेश प्रमुख नियुक्त गरिसकेपछि प्रशासनिक व्यवस्थापनका क्रममा आफुहरुलाई जिम्मेबारी दिन भन्दै उनीहरु सिंहदरबार धाउन थालेका छन्।

कर्मचारी समायोजन र व्यवस्थापनमा सरकारलाई सकस भएको छ । समयमै व्यवस्थापन गर्न सकेन ।कर्मचारी समायोजन विधेयक कानुन मन्त्रालयमै अड्किएको छ ।

सरकारले यसअघि मात्रै क्षेत्रीय प्रशासन कार्यालय हटाएर सातै वटा प्रदेशमा सचिव खटाउने तयारी गरेको थियो । तर, त्यस सम्बन्धी प्रस्ताव अघि बढेन । जसको असर अहिले देखिएको छ । नेपाल प्रहरीलाई भने ऐन विनै ४ महिनाअघि नै प्रदेश कमाण्डमा ढालिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अब प्रदेशमा प्रमुखहरुलाई सघाउन सचिव खटाउने तयारी भइरहेको छ । अब क्षेत्रीय प्रशासन कार्यालय हट्ने भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले समेत प्रदेशमा सचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरिरहेको छ । मन्त्रालयले कर्मचारी समायोजन पहिले अवकाशको प्रक्रिया अघि बढाएको छ । जसका लागि सरकारले आवेदन मागिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here