४ माघ
साजन परियार
पर्वत । जिपको ठक्करवाट कुश्मामा एक पैदल यात्री गम्भीर घाईते भएका छन् । लोकतान्त्रिक चोकवाट आचार्य चोकमा जाने क्रममा वुधवार अपरान्ह ५ वजे तिर ग २ च ६०९९ को जिपले कुश्मा नगरपालिका १ पाङका ३६ बर्षिया माधव सुवेदी घाईते हुनुभएको छ ।

घाईले सुवेदीलाई टाउकोमा चोट लागेको छ । जिल्ला अस्पताल पर्वतमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरामा रिफर गरिएको जिल्ला प्रहरि कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here