३ माघ

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएपछि मन्त्रिपरिषद बैठक बस्ने भनेपिच्छे प्रदेश प्रमुख नियुक्त हुने चर्चा चल्यो ।

यो बिचमा नाम चलेका विभिन्न व्यक्तिका नाममा चर्चा भए । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा प्रदेश प्रमुख तोक्ने अभ्यास मात्रै गरे । उनको सहमतिमा प्रदेश प्रमुख तोक्ने प्रयास सफल भएन । उनले अब प्रदेश प्रमुख तोक्ने अन्तिम कसरत गरिरहेका छन् । पटक–पटकका मन्त्रिपरिषद बैठकले छलफल गरे पनि ठ्याक्कै नाम घोषणा गर्न सकिएन ।

यो बीचमा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा पनि चल्यो । प्रदेश प्रमुख नियुक्त हुने व्यक्तिहरुबारे चर्चा हुँदा महिलातर्फ उनको नाम मात्रै बजारमा आयो ।

तर, उनीबारे प्रश्न उठेको छ । उनीबारे बाहिर प्रश्न उठेपछि वुधबार विहान बसेको मन्त्रिपरिषद बैठक अनिर्णित भयो । कोइराला दार्जिलिङ्की हुन् र विवाहपछि नेपाली नागरिक भएकी हुन् भन्ने प्रश्न उठेको छ ।
संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् । प्रदेश प्रमुखमाथि राष्ट्रपति जस्तै कुनै पनि अड्डा अदालतमा प्रश्न उठाउँन पाइँदैन ।

यस्तै, सरकारले प्रदेश प्रमुख तोक्न लागेका व्यक्तिको सूचि पनि बाहिर आएको छ । यद्यपि त्यो सूचिको अन्तिम टुंगो लागेको छैन । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार माओवादी सरकारबाट बाहिरिसकेकाले प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख दिने कुरामा छलफल भइरहेको छ ।
छलफलमा रहेको सूचि
१. गोविन्द बुब्बा
२.उमाकान्त झा
३. अनुराधा कोइराला
४. बाबुराम कुँवर
५. रत्नेश्वर कायस्थ
६. चन्द्रकृष्ण घिमिरे
७.बसन्तराज मल्ल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here