२ माघ
पर्वत ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ आज पर्वत जिल्लाको शिवालय उच्च माविमा जिल्ला मूल समारोह समितिले २० औं भूकम्प सूरक्षा दिवस विशेष कार्यक्रम आयोजना गरि मनाएको छ ।
कार्यक्रममा शसत्र प्रहरी चण्डीका गण,नेपाली सेना,जनपथ प्रहरी र रेडक्रस पर्वतले भुकम्प वाट कसरी उद्धार र संरक्षण गर्ने भन्ने विषयमा प्रदर्शनी नाटक प्रस्तूत गरेका थिए । रेडक्रम कर्मीहरुले प्राथमिक उपचार र उद्धारको काममा खटिएका थिए ।
कार्यक्रमका प्रमूख अतिथि प्रतिनिधि सभाका सांसद पदम गिरीले भूकम्प आउने कूरा अवस्यमभावी छ तर हामी कसरी त्यस वाट कम क्षती हून्छ त्यस तर्फ सवै सचेत हून जरुरी छ र हाम्रा भौतिक संरचनाहरु भूकम्प मैत्री निर्माण गर्नु पर्नेमा जोड दिए । त्यस्तै प्रदेश सभाका सांसद नेत्रनाथ अधिकारीले २०७२ सालमा गएको भूकम्पका वाट प्रभावित हरुले अहिले समम राहात र पूनरर्मिाणको सूविधा नपाएको ले सवैले समयमा नै राहात र क्षतिपर्ति पाउनु पर्नमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेले समेत आपनो धारणा राखेका थिए । प्रमूख जिल्ला अधिकारी राजेश पन्थीको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले गरेका थिए ।
लोकतन्त्र चोक वाट शूरु भएको -याली मैत्रीचोक हूदै शिवालय उच्च मा वि मा पूगेर सभामा परिणत भएको थियो । उक्त -यालीमा नागरिक समाज,सूरक्षाकर्मी,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु र पत्रकारको उपस्थिति रहेको थियो ।
पर्वत जिल्लामा २०७२ सालमा गएको भूकम्पमा ५ हजार २ सय ६९ सत्तरी पूर्ण क्षेती र ४ सय १७ आंशिक क्षेती भएका घरधुरी रहेका छन् । ४ हजार ६ सय २० जनाले प्रथम किस्ता रु ५० हजारका दरले प्राप्त गरेको र वांकीले प्रथम किस्ता लिने तयारीमा रहेको जानकारी गराईएको थियो । पूर्ण क्षती भएका घरधूरीले ३ लाख र आंशीक क्षेती भएका घरधूरीले १ लाख क्षतीपूर्ति पाउने राज्यले निर्णय गरेको छ ।
भूकम्प वाट क्षेती भएका घरहरुको अभिलेख छुट भएका घरधूरीहरुले गूनासो फाराम भरेर आउने क्रम जारी रहेको जिल्ला समन्वय समिति पर्वतका सूचना अधिकृत तुलीराम शर्माले जानकारी दिए ।
नेपालमा २०७२ सालमा गएको भूकम्पमा करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।
भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए ।