साजन परियार, माघ । समाजसेवी एवं राजनीतिका अग्रज शहिद हरिदत्त तिवारीको १५ औँ स्मृति सभा आयोजना सम्पन्न भएको छ । फलेवास नगरपालिका ३ शंकरपोखरीमा सभाको आयोजना गरिएको हो । हरिदत्त स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरि विद्यालयका वालवालिकालाई शैक्षिक सामाग्री वितरण, अपाङ्गलाई ह्विलचियर वितरण र सम्मान गरिएको छ ।

कार्यक्रममा फलेवास नगरपालिका भित्र रहेका प्रावि स्तरिय विद्यालय अन्तर्गत ६ वटा प्राथमिक विद्यालयलका वालवालिकालाई झोला, कापी र नगद ५ सय रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको छ । त्यस्तै साविक शंकरपोखरी ८ मैदानका अपाङ्गता भएका पूर्णवहादुर नेपाली लाई एक थान ह्विलचियर प्रदान गरिएको छ ।

स्मृति प्रतिष्ठानले त्रिभूवन माविमा लामो समयसम्म अध्यापनरत जैमनी नगरपालिका ७ जैदीका शिक्षक भिष्मराज पौडेल र शंकपोखरी निवासी शिक्षक नारायणदत्त जैसी लाई सम्मान पत्रले सम्मान गरिएको छ । पत्रकार रोशन तिवारी र साजन परियारलाई पनि दोसल्ला ओढाएर सम्मान व्यक्त गरिएको थियो । स्मृति सभामा वोल्दै वक्ताहरुले हरिदत्त तिवारीले देखेको सपनाहरु पुरा हुनका लागि सबैले सामाजिक भावन आँगल्नुपर्ने वताएका छन् ।

शहिद पुत्र एवं नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले वोल्दै हरिदत्त तिवारी सबैको साझा व्याक्ति भएझै स्मृति प्रतिष्ठान सबै वर्गको साझा संस्था रहेको वताउनुभयो । उहाँले संस्थाले अहिले भन्दा आगामी दिनमा थप सामाजिक काम गर्दै जाने पनि वताउनुभयो । उहाँले फलेवास नगरपालिकामा समाबेश भएपछि शंकरपोखरीमा विकासका गतिविधीमा झनै सुस्तता देखिएकोमा आक्रोश पोख्नुभयो । जनताले जुन अपेक्षा राखेका छन् त्यो अनुसार नगरपालिकाले सेवा दिन नसकेको तिवारीले वताउनुभयो ।

वाटो मर्मतमा समेत नगरपालिकाले राजनीतिक चरित्र देखाएकोमा उहाँले शहिदका आँखाले यस्तो अन्याय देखेर स्वर्गमा समेत आँशु झार्ने अवस्था आउने वताउनुभयो । कार्यक्रममा वडाध्यक्ष एवं शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुनवहादुर कार्किले समाजमा सकरात्मक काम गर्न शहिद तिवारीले मार्गदर्शन गरेको हुनाले उहाँको सम्मानका लागि सबै वडावासीहरुलाई सकारात्मक रुपमा काम गर्न भन्नुभयो ।

कार्यक्रममा नेपा

ली काँग्रेस गाउँ कार्यसमितिका उपसभापती प्रेमशर्मा रिजालले तिवारीको योगदानको वारेमा चर्चा गर्नुभयो । कार्यक्रमको स्वागत प्रेमप्रसाद भुसालले गर्नुभयो भने सञ्चालन प्रतिष्ठानका सचिव नरवहादुर थापाले गर्नुभएको थियो । तत्कलिन नेपाली काँग्रेसका क्षेत्रीय सभापती रहेका तिवारीलाई माओबादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि निमर्मता पूर्वक हत्या गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here