२ माघ ।

बाग्लुङ,प्रदेशसभाको निर्वाचनमा बाग्लुङ १ बाट प्रदेश सभा सदस्यमा पराजित प्रकाश पौडेलको पहलमा बलेवा विमानस्थल सञ्चालनका लागी नागरिक उड्डयान प्राधिकरणसँग छलफल भएको छ । बाग्लुङबाट विभिन्न दलको प्रतिनिधित्व गर्ने दलका नेताहरुसहित आईतबार बबरमलस्थित प्राधिकरणको कार्यलयमा  विमानस्थल सञ्चालनबारे छलफल भएको हो ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार पूर्वसांसदसमेत रहेका पौडेलले निरन्तर दबाब दिएपछि र अन्य दलका नेतासहित भएको छलफलले बिमानस्थल सञ्चालनको तयारी गरेको हो । छलफलमा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधीहरु सहभागी थिए ।

बाग्लुङ नगरपालिकाका मेयर जनक पौडेल माओवादीका दिनानाथ शर्मा लगायत अन्य दलका नेताहरुसमेत सहभागी भएको छलफलपछि विमानस्थल सञ्चालनका लागी तीन बुँदे सहमति समेत गरेको छ । सहमतिमा प्राधिकरणले एयरपोर्टको मर्मतसंभार र उपकरणसहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको व्यवस्थापन गर्नेछ । भने नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्नेछ । यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्याउने कामको जिम्मा बागलुङ नगरपालिकाले गर्नेभएको छ ।

बलेवा बिमानस्थल सञ्लानका लागी तीन बुँदे सहमतिपछि पूर्वसांसद पौडेलले विमानस्थल सञ्चालनका लागी ३ बर्ष पहिलेदेखी आफुले गरेको पहल सफल भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here